रास्वपाको दुई तिहाइ पुग्न सक्ने, राप्रपा नेताले राखे यस्तो शर्त

5k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले रास्वपा र बालेन शाह नेतृत्वमा बन्ने सरकारलाई संसदमा दुईतिहाइ बहुमत पुर्‍याउन सकिने उल्लेख गरेका छन् ।

बालेनको नेतृत्वमा बन्ने भनिएको सरकारका लागि दुई सिट अपुग रहेको भन्दै उनले त्यसलाई राप्रपाले पुर्‍याइदिने भन्दै शर्त प्रस्तुत गरेका छन् ।

यदि बालेन नेतृत्वको सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र बनाउने उद्देश्यका साथ संविधान संशोधन गर्न तयार भए राप्रपाका पाँच सांसदको पूर्ण समर्थन रहने थापाको भनाइ छ।

थापाका अनुसार हिन्दूराष्ट्रको एजेन्डामा सहमति भएमा राप्रपा संसदमा सरकारलाई आवश्यक सहयोग गर्न तयार रहनेछ। उनले संविधान संशोधनमार्फत नेपाललाई हिन्दूराष्ट्र बनाउने विषयमा बहस आवश्यक रहेको धारणा पनि व्यक्त गरेका छन्।