ग्लोबल आइएमई बैंकबाट सीइओ परशुराम कुंवर क्षेत्रीको राजीनामा, बोर्डबाट स्वीकृत



काठमाडौं । ग्लोबल आइएमई बैंकबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्रीले राजीनामा दिएका छन् ।

ग्लोबल आइएमईका सीइओ क्षेत्रीले एक महिना अगाडि दिएको राजीनामा बैंकको संचालक समितिले स्वीकृत गरेको छ ।

क्षेत्रीले राजीनामा गरेको विषय आफ्नो फेसबुकबाट जानकारी दिएका छन् ।

लकडाउनले समस्यामा परेका ऋणीलाई कारबाही गर्ने बैंकलाई श्राप लाग्छः पर्शुराम कुँवर

एकवर्ष अगाडि जनता बैंक ग्लोबलमा मर्ज भएपछि उनी सीइओ बनेका थिए । एक महिना अगाडि दिएको राजीनामा बोर्डले अहिले स्वीकृत गरेको जानकारी दिएको क्षेत्रीले बताए ।

उनको राजीनामा साउन १ देखि लागु हुने छ । संचालक समितिले अर्को व्यवस्था नहुँदासम्मको लागि कामू सीइओको जिम्मेवारी डेपुटी सीइओ महेश ढकाललाई दिएको छ ।

‘आफुले व्यक्तिगत कारणबाट राजीनामा दिएको , डाइबेटिजको बिरामी समेत भएको हुँदा आराम चाहिएको हुँदा राजीनामा गरेको हुँ,’ क्षेत्रीले क्लिकमाण्डूसँग भने ।

ग्लोबल आइएमई र जनता बैंक एक वर्ष अगाडि बिग मर्जर गर्ने सहमति गरेका थिए । एकीकृत कारोबारदेखि ९ महिना अगाडि सुरु गरेका थिए । ग्लोबल आइएमई बैंकले उच्च कर्मचारीलाई अनिवार्य स्वेछिक अवकास(भिआरएस)को समेत प्याकेज ल्याएको छ ।


पुष्प दुलाल