बीमालेख धितोको ऋणको व्यवस्था परिवर्तन हुने, २ वर्ष नपुग्दासम्म ऋण नपाइने



काठमाडौं । जीवन बीमा कम्पनीले बीमालेख धितोमा दिने ऋणको व्यवस्था परिवर्तन हुने भएको छ ।

अहिले एकवर्ष अगाडिको रिक्स कभर गरेर बीमा गरेको दुई महिनामा नै बीमालेख धितोमा कर्जा पाउने व्यवस्था थियो ।

उदाहरणको लागि असार महिनामा गरेको बीमामा साउनदेखिको जोखिम कभर गर्ने र साउन महिनामा दोस्रो किस्ता तिरेर साउनमा नै ऋण दिन सक्ने व्यवस्था बीमामा थियो ।

जसले गर्दा बीमामा बीमाअभिकर्ताले टार्गेटलाई आधार मानेर अव्यवसायिक तरिकाले पोलिसी बिक्री गर्दै आएका थिए ।

बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईँले जोखिम कभर एकवर्ष अगाडिदेखि हुने भएपनि ऋण लिनको लागि भने २ वर्ष नै हुनुपर्ने व्यवस्था लागु गरिने जानकारी दिए ।

‘अहिले हामी यसको जोखिमको बारेमा अध्ययन गर्दैछौ, केहीदिनभित्रमा प्रोडक्ट गाइडलाइन जारी गरेर यसलाई व्यवस्थित गर्ने छौ,’ अध्यक्ष चापगाईँले क्लिकमाण्डूसँग भने ।

क्लिकमाण्डूले बीमा कम्पनीमा टार्गेटको नाममा बीमा अभिकर्ताले बढाएको जोखिमको बारेमा समाचार प्रकाशित गरेको थियो ।

जीवन बीमामा टार्गेट पूरा गर्न सुविधाको यसरी हुँदैछ दुरुपयोग, सम्पत्ति शुद्धिकरणको आंशका

जसले गर्दा ऋण लिने सम्पत्ति शुद्धिकरण नै हुने जोखिम बीमा क्षेत्रमा देखिएको थियो ।


क्लिकमान्डु