सीआरआरमा १ प्रतिशत छुट दिए बैंकहरु मर्जरमा जान्छन्ः बैंकर्स संघ



काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले बैंक तथा वित्तीय संस्थाहरुलाई स्वतस्फूर्तरुपमा मर्जरमा लैजाने हो भने सीआरआरमा छुट दिनुपर्ने सुझाव दिएको छ ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई सुझाव दिँदै संघले आगामी २ वर्षसम्म अनिवार्य नगद मौज्दात (सीआरआर)मा १ प्रतिशत छुट दिएको खण्डमा बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहन मिल्ने जनाएको छ ।

केही वर्षयतादेखि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मर्जरलाई विशेष प्रोत्साहन गर्दै आएको छ । राष्ट्र बैंकको मर्जर तथा एक्वायर नीतिका कारण ठूलो संख्यामा विकास बैंक र फाइनान्स कम्पनी बिलय भइसकेका छन् ।

तर, वाणिज्य बैंकहरु भने पर्ख र हेरको अवस्थामा छन् । यसअघिका गभर्नर डा. चिरञ्जीबी नेपालले मर्जरमा विशेष जोडवल गरेका थिए । गत चैत अन्तिम साता राष्ट्र बैंकले महाप्रसाद अधिकारीलाई गभर्नर पाएको छ ।

गभर्नर अधिकारीले पनि मर्जरको नीतिलाई निरन्तरता दिने बताउँदै आएका छन् । अधिकारीको यो पहिलो मौद्रिक नीति हो । त्यसैले मर्जरमा थप प्रोत्साहनका प्याकेज आउने बैंकरहरुको विश्वास छ ।


पुष्प दुलाल