आर्थिक ज्योतिषहरुले अर्थतन्त्रको प्रक्षेपण गरिरहेका छन्, हामी पनि हेरिरहेका छौंः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक ज्योतिषहरुले अर्थतन्त्र कसरी जान्छ भनेर प्रक्षेपण गरिरहेकोे बताएका छन् । शुक्रबार राष्ट्रियसभामा आर्थिक विधेयक–२०७७ पेश गर्दै मन्त्री खतिवडाले अहिले आफूले पनि हेरिरहेका जानकारी गराउँदै प्रक्षेपण केवल प्रक्षेपण मात्रै भएको बताए ।

कोरोना भाइरस महामारीको असर कति लामो समय जानसक्छ भन्ने असर हामीले कसरी यसलाई न्यूनिकरण गर्छौ त्यसमा भर पर्ने उनको भनाइ छ । उनले आर्थिक पुनरुत्थानका लागि बजेटमा राहत प्याकेजको व्यवस्था गरेको र त्यो कति सरल ढंगले कार्यान्वयन गर्दै जाने हो त्यसमा भर पर्ने बताए ।

‘भूकम्पपछिको पुननिर्माणमा आर्थिक गतिविधि भि–सेपमा रिकभर भएको थियो, फेरि पनि त्यहीअनुसार जान सक्छ, तर भूकम्पमा भौतिक क्षति भएको र अहिले मानवीय बढी भएको छ,’ उनले भने ।

श्रम बजारमा कोरोनाको जोखिमको सम्बन्ध टुटेको भन्दै अब टुटेको सम्बन्ध सुधारलाई जोडेर जान आवश्यक रहेको बताए ।

आयातमा केही सहजता भएको जानकारी गराए । अहिले बढी निर्माणको सामान आउन थालेकोले आगामी दिनमा व्यवसायीक वातावरण बन्दै जाने तर्क गरे ।

सरकारले निजी क्षेत्रलाई आत्मविश्वास जगाउने कुराले मात्रै नपुग्ने भन्दै ब्याज सम्बन्धी उपकरण, ऋण पाउने, कर छुट पाउने उपकरण, अतिरिक्त महशुल तिर्नुपर्ने गरी निर्णय भएको, केही विद्युतको महशुल घटेको जानकारी गराए ।

करको माध्यमबाट छ्ट दिने, चालु पुँजीको लागि बैंकिङ प्रणालीबाट कर्जा प्रवाह गर्ने उनले जानकारी गराए । सरकारले निजी क्षेत्रलाई सँगै लिएर जाने बताए । तीन चौथाइ लगानी निजी क्षेत्रको रहेको भन्दै कुनै पनि अर्थमन्त्रीले उनीहरुलाई बिर्सन नहुने बताए ।

बैठकमा सांसद जितेन्द्र नारयण देवले कोरोनापछिको आत्मनिर्भर व्यवस्थामा जानका लागि एल सेपमा जान आवश्यक रहेको बताए । त्यसका लागि निजी क्षेत्रसँग समन्वयात्मक रुपमा जानुपर्ने उल्लेख गरे । उनले निजी क्षेत्रलाई सँगै लिएर हिँडनुको बिकल्प नभएको बताए ।


पुष्प दुलाल