बैंक मर्जरलाई प्रोत्साहन गर्ने अर्थमन्त्रीको घोषणा



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको मर्जरलाई प्रोत्साहक गर्ने नीतिलाई सरकारले निरन्तरता दिएको छ । यस अघिदेखि नै मर्जरलाई प्रोत्साहन गर्दै आएको सरकारले आगामी आर्थिक वर्षमा पनि मर्जरलाई प्रोत्साहन गर्ने अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

मर्जरलाई प्रोत्साहन गर्ने नीति भित्र टेकेर राष्ट्र बैंकले वाणिज्य बैंकहरुबीचको बिग मर्जर गराउने नीति लिइसकेको छ । उक्त नीति अनुसार केही बैंक मर्जर भइसकेका छन् भने अधिकांश बैंकहरु सरकारको नीति पर्खेर बसेका छन् ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गभर्नरभए लगत्तै बिग मर्जरलाई प्रोत्साहनका साथ अघि बढाउने बताएका थिए । निवर्तमान गभर्नर डा. चिरञ्जीबी नेपालले बिग मर्जरको शुरु गरेका थिए ।

बैंकहरुले मर्जरमा जानका लागि करमा सहुलियत मागेपनि अर्थमन्त्रीले कर छुटको सुविधा भने दिएनन् ।


पुष्प दुलाल