बैंकका प्रत्येक शाखाले १० जनालाई सहुलितपूर्ण कर्जा दिनै पर्ने



काठमाडौं । सरकारले बैंकका प्रत्येक शाखालाई सहुलियतपूर्ण कर्जा दिनैपर्ने व्यवस्था गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अब वाणिज्य बैंकका प्रत्येक शाखले १० जनालाई सरकारले तोकेको सहुलितपूर्ण कर्जा दिनैपर्ने र विकास बैंकले प्रत्येक शाखाबाट ५ जनालाई यस्तो ऋण दिनुपर्ने अर्थमन्त्रीले जानकारी दिए ।

यसरी बैंकले सहुलियतपूर्ण ऋण दिँदा हजारौंको संख्यामा नयाँ रोजगारी हुने सरकारको विश्वास छ ।


पुष्प दुलाल