नेपाली बैंकका सीइओलाई आईडीएफसीका सीइओले सिकाएको पाठ, तलब ३०% तलब घटाए



आफ्नो तलब नघटाएपनि करारका कर्मचारी निकालेका नेपाली बैंकका सीइओहरुलाई भारतबाट एउटा गतिलो पाठ आएको छ ।

कोविड१९ को प्रभावलाई ध्यानमा राख्दै निजी क्षेत्र आईडीएफसी फर्स्ट बैंकका प्रमुख कार्यकारी अधिकृत र बरिष्ठ अधिकारीले आफ्नो तलब घटाउने घोषणा गरेका छन् ।

बैंकिङ क्षेत्रबाट एक जनाले पनि रोजगारी गुमाउनु पर्ने अवस्था आउन दिँदैनौंः गभर्नर अधिकारी

भारतको आईडीएफसी फर्स्ट बैंकका वरिष्ठ प्रबन्धकहरूले स्वैच्छिक रुपमा १० प्रतिशत कम तलब लिने घोषणा गरे।  बैंकका प्रमुख कार्यकारीले पनि आफ्नो तलबमा ३० प्रतिशत कम लिने घोषणा गरेका छन् ।

बैंकले सोमबार जारी गरेको विज्ञप्तिमा स्वेच्छाले बैैंकका प्रमुख कार्यकारी अधिकृतले ३० प्रतिशत र र बरिष्ठ अधिकारीले १० प्रतिशत कम तलब लिने भएको घोषणा गरेको छ। बैंकका र सीईओ वी विजयनथनले पनि आफ्नो तलब ३० प्रतिशत घटाएको जानकारी दिए ।

समयावधि बाँकी हुँदै करारका कर्मचारीलाई राजीनामा दिन एनआइसी एशिया बैंकको दबाब

नेपालमा भने बैक तथा वित्तीय संस्थाले करारमा राखेका र कम तलब खाने कर्मचारीलाई निकाल्ने काम गरेका छन् । जबकी करोडौ रकम तलब खाने सीइओको तलब केही पनि घटेको छैन ।

कोरोना कहरः बैंकिङ क्षेत्रका हजारौं कर्मचारीको रोजगारी गुम्दै, बैंकरको सेवा सुविधा कटौति हुने

सीइओ तथा बरिष्ठ अधिकारीले आफ्नो तलबमा सामान्य कटौती गर्दा करारमा जागिर खानेहरुलाई तलब नै दिन नसक्ने अवस्था सिर्जना भने हुँदैन ।


क्लिकमान्डु