सार्वजनिक संस्थानको नाफा १२.३६ प्रतिशतले बढ्यो



काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/७६ मा सार्वजनिक संस्थानबाट ४८ अर्ब ७७ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा १२.३६ प्रतिशतले बढी हो ।

हाल सरकारको लगानीमा ४४ वटा सार्वजनिक संस्थानहरु छन् । जसमध्ये गत आर्थिक वर्षमा २६ वटा संस्थानबाट मात्रै नाफा लिन सकेको छ ।

सोमबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सरकाले लिने लाभांश अघिल्लो आवको तुलनामा ४.२८ प्रतिशतले कमी आइ जम्मा ९ खर्ब ४७ करोड ९ लाख रुपैयाँ प्राप्त भएको छ ।

संस्थानहरुको सञ्चिती नाफा ३.८३ प्रतिशत र सञ्चिती नोक्सानी २७.३३ प्रतिशतले कमी आए पनि समग्र सञ्चिती नाफा २८.९३ प्रतिशतले बढेको छ ।

४४ वटा संस्थानमध्ये १३ वटा घाटा बेहोरेका छन् भने ५ वटा बन्द भएका छन् ।


क्लिकमान्डु