के कोरोना भाइरस चीनकाे प्रयोगशालाबाट बाहिर आएको हो ?



कोरोना भाइरस कसरी र कहाँबाट आयो भन्ने विषयलाई लिएर कैयन मान्यता स्थापित गरिएको छ । कैयन मानिसहरु यो भाइरस जनावरबाट मानिसमा आएको मान्छन् ।

तर कुन जनावरबाट ?

विषयमा अहिलेसम्म कुनै ठोस प्रमाण भने छैन । कोही सालकबाट आएको दाबी गर्छन् भने केही यो चमेरोबाट आएको पनि दाबी गर्छन् ।

मानिसहरु यसलाई चीनको ‘वेट मार्केट’बाट आएको मानेका छन् । चीनमा कैयन जनावरको प्रयोग खानका रुपमा र औषधिका रुपमा हुँदै आएको छ ।

के साँच्चै चीनले वुहानको ल्यावबाट कोरोना भाइरस जानाजान लिक गरेको हो ?

एक समयसम्म चमेरोलाई कोरोना भाइरसको मूल स्रोत मानिएको थियो । शुरुवाती समयमा केही विश्वास थियो भने चीनको जनावरको मासु बिक्री हुने बजारबाट यसको शुरुवात भएको थियो । शुरुमा यो मानिसको शरीरमा प्रवेश गर्यो र पूरै विश्वभर फैलियो ।

त्यसपछि गरिएको एक अनुसन्धानमा मानिसको शरीरमा यो भाइरस सालकबाट आएको भनियो । यसलाई लिएर एक अनुसन्धान समेत भएको थियो । यस शोधमा सालकमा पाइने भाइरस कोरोना भाइरसँग मिलेकाले सालकबाटै मानिसको शरीरमा प्रवेश गरेको दाबी समेत गरिएको थियो ।

त्यसको ठीक विपरीत एक अर्को थ्योरीले कोरोना भाइरस प्रयोगशालामा तयार भएको बताउँदै आएको छ ।

के साच्चिकै कोरोना भाइरस बुहान शहरको कुनै ल्यावमा तयार भएर पूरा विश्वभरी फैलिएको हो ?

अमेरिकी गृहमन्त्रालयका एक सुत्रका अनुसार चीनमा रहेका अमेरिकी दूतावासका अधिकारीहरु चीनको वुहान सहरस्थित एक भाइरस ल्यावमा जीव विविधतालाई लिएर चिन्तित थिए ।

जंगली जनावरबाट कोरोना भाइरस कसरी आइपुग्यो मान्छेसम्म ?

यो ल्याव त्यही सहरमा थियो, जहाँबाट कोरोना भाइरस पहिलो पटक देखिएको थियो । र, पूरै विश्वको ध्यान केन्द्रित गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिले पनि अमेरिकी सरकार प्रयोगशालामा कोरोना भाइरस बनेको भन्ने अपुष्ट रिपोर्टबारे जाँच गरिरहेको बताएका थिए । यदी त्यसो हो भने के यो महामारीलाई लिएर अहिलेसम्म हामीले बुझेको कुरामा नयाँपन थपिएला त ?

स्रोत के भन्छ ?

अमेरिकाबाट प्रकाशित हुने ‘द वाशिंटन पोस्ट’अखबारले दूतावासको स्रोतका आधारमा लेखेको समाचारमा सन् २०१८ मा अमेरिकी विज्ञान राजनयीकहरु कैयन पटक चिनियाँ ल्यावमा अनुसन्धान गर्न गएका थिए । अधिकारीहरुले ल्यावमा अपर्याप्त सुविधाका बारेमा अमेरिकालाई दुई चेतावनी समेत दिएका थिए ।

उक्त अखबारमा प्रकाशित समाचार अनुसार ती अधिकारीहरुले वुहान इस्टिच्युट अफ बायरोलोजीमा सुरक्षा तथा अन्य कमजोरीलाई लिएर चिन्ता समेत व्यक्त गरेका थिए । उनीहरुले सहयोगका लागि समेत माग गरेका थिए ।

कोरोना भाइरसको लक्षण र बच्ने उपायबारे थाहा पाउनुहोस् (भिडियो)

यो पनि दाबी गरिएको थियो कि ती अमेरिकी विज्ञान राजनयिक दूतहरुले चमेरोमा भएको कोरोना भाइरसमाथि ल्यावमा चलिरहेको रिचर्सलाई लिएर चिन्त व्यक्त गरेका थिए । उनीहरुले ल्यावमा भइरहेको रिसर्चका कारण सार्स जस्तै महामारीको कारण समेत बन्न सक्ने आँकलन गरेका थिए ।

अखबारमा प्रकाशित समाचर अनुसार अमेरिकी सरकारलाई अझ बढी हौवा दिने काम गर्यो । जसमा कोभिड १९ महामारीको भाइरसको स्रोत या त हुवान इन्टिच्युट अफ बायरोलोजी हो वा बुहानको अर्को कुनै ल्याव भएको दाबी गरिएको थियो ।

यसका साथै फक्स न्यूजले पनि पछिल्ला दिनमा ल्याव थ्योरीलाई लिएर एक नयाँ रिपोर्ट जारी गरेको छ ।

कोरोना भाइरस पहिलो पटक गत डिसेम्बरमा पत्ता लागेको थियो । कोरोना भाइरस शुरुवाती मामलामा चीनको बुहान सहरको वेट मार्केटसँग जोडिएको थियो । तर यी अनलाइनमा उल्लेख कुराबाहेक सार्स कोभिड–२ ल्यावमा भएको गल्ती हो भन्ने कुनै प्रमाण छैन ।

प्रयोगशालामा कुन प्रकारको सुरक्षा मापदण्ड पालना गरिन्छ ?

जुन प्रयोगशालामा भाइरस तथा ब्याक्टेरियाका बारेमा अनुसन्धान तथा प्रयोग गरिन्छ त्यस्ता ठाउँमा बीएसएल स्ट्यान्डर्ड सिस्टमको पालना गरिन्छ ।

बीएसएल अर्थात् बायोसेफ्टी लेवल ।

यसका चार वटा स्तर हुन्छन् । जो अध्ययन भइरहेको जैविक एजेन्टका प्रकार र उनीहरुलाई अगल गर्नका लागि अपनाइएको सावधानीमा निर्भर हुन्छ ।

कोरोना भाइरसले अमेरिका जस्तो शक्तिशाली देशलाई कसरी घुँडा टेक्न बाध्य बनायो ?

बायोसेफ्टी लेवल १ सबैभन्दा निम्न छ । तथा यसको प्रष्योग जैविक एजेन्ट्सको अधययनका लागि प्रसिघ प्रयोगशालाद्वारा गरिन्छ ।

यसले मानिसलाई कुनै पनि खतरा उत्पन्न गर्दैन । जसै लेवल बढ्दै जान्छन, सावधानी पनि बढाउनु पर्छ ।

यदी तपाई लेवल ४ मा हुनुहुन्छ भने सबैभन्दा धेरै सावधानीको जरुरी हुन्छ । यो सबैभन्दा ठूलो लेवल हो । यद्यपि यो ती प्रयोगशालाका लागि मात्रे आरक्षित हुन्छ जहाँ सबैभन्दा खतरनाक भाइरसमाथि काम गरिन्छ । जसको भ्याक्सिन र उपचार उपलब्ध छ । जस्तै, इबोला, मरवर्ग भाइरसका लागि अमेरिका–रुसमा २ वटा ल्याव मात्रै छन् ।

बीएसएल स्ट्यान्डर्डको प्रयोग पूरा विश्वमा पालना गरिन्छ । तर केही कस्मेटिक विविधताका साथ ।

किंग्स कलेज लन्डनकि एक बायोसिक्योरिटी विशेषज्ञ डा. फिलिप्पा लेटजोसका अनुसार यदी रुसले आफ्नो उच्चतम नियन्त्रित प्रयोगशालालाई १ र न्यूनतमलाई ४ का रुपमा लेवल गरेको छ । यस्तोमा यो मानकको ठीक विपरीत छ । तर मूल प्रक्रिया र ढाँचाको अवधारणामा समान छ ।

यद्यपि विश्व स्वास्थ्य संगठनले पनि विभिन्न स्तरका लागि म्यानुअल बनाएको छ । तर त्यो बाध्यकारी भने छैन ।

उनका अनुसार यी प्रयोगशालामा सुरक्षित रुपमा विकसित गरिन्छ । साथै काम गर्नेका लागि र पर्यावरणका लागि समेत सुरक्षित बनाएर यो काम गरिन्छ ।

दक्षिण कोरियाले कसरी जित्यो कोरोनाविरुद्धको लडाइ ? अरु देशका लागि हुन सक्छ उदाहरण

‘यदी तपाई कुनै अन्तर्राष्ट्रिय भागिदार कम्पनीसँग कुनै परियोजनामा काम गर्न चाहनुहुन्छ भने उनीहरुको माग प्रयोगशालाले मापदण्ड पूरा गरेको हुनुपर्ने बताउँछन्, वा कुनै सामान बिक्रीका लागि छ भने त्यसमा पनि अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेकै हुनुपर्छ,’ उनले भनिन् ।

यसैका आधारमा बुहान इन्स्ट्च्यिुट अफ बायरोलोजीका लागि अमेरिकाबाट फन्ड मिलेको थियो । अमेरिकी अनुसन्धान संस्थानबाट सहायता पनि प्राप्त भएको थियो । दूतावास स्रोतका अनुसार अधिक आर्थिक सहायता दिने समेत कुराकानी भएको थियो ।

अहिले कुन सुरक्षा चुकको कुरा भइरहेको छ त ?

यो प्रश्नको एक संक्षिप्त जवाफ छ । कि त्यो वाशिंटन पोस्टमा दिइएको जानकारीमा यो कुरा उल्लेख छैन । तर यदी सामान्य तरिकाले हेर्दा पनि कैयन स्तरमा सुरक्षा चुक भएको हुन सक्छ ।

डा. लेटजोसले यसलाई जोड्दै के भन्छिन् भने जोसँग ल्यावको पहुँच छ, वैज्ञानिक तथा अन्य तरिकाबाट सेवासँग जोडिएका मानिसहरु, प्रशिक्षण, रिकर्ड राख्ने प्रक्रिया आदीको अवधिमा पनि चुक हुन सक्छ ।

उनीहरुको चिन्ता कति असामान्य थियो त ?

दुर्घटना त हुन्छन् ।

सन् २०१४ मा वासिंटनको नजिकै एक अनुसन्धान केन्द्रमा कोर्डबोर्ड बक्समा खटिरा भ्यान्सिकको सिसीहरु पाइएको थियो । यसका साथै सन् २०१५ मा अमेरिकी सेनाले भुलवश देशको ९ वटा प्रयोगशाला तथा दक्षिण कोरियामा एक सैन्य अड्डामा मृत विजाणुहरुको साटो लाइव एंथ्रेन्सको नमूना पठाएको पठाइएको थियो ।

बीएसएल स्केलको तल्लो स्तरमा ल्यावमा सेफ्टी स्ट्यान्डर्ड अर्थात् सुरक्षा मानक धेरै फरक हुन्छ । अर्थात् कैयन साता तिना सुरक्षा त्रुटी समाचार पनि बन्दैनन् । तर निकै कम संख्यामा मात्रै बीएसएल ४ लेवल प्राप्त ल्याव छन् ।

विकिपिडियाका अनुसार विश्वभरमा ५० वटा ल्यावमा डब्ल्यूआईवी ल्याव पनि एक छ । तर यो सूची कुनै आधिकारिक सूची भने होइन । यी ल्यावमा उच्च सतरको मापदण्डलाई ध्यानमा राख्दै बनाउनुपर्छ । किनभने यस्ता ल्यावमा खतरनाक पाइथाजोनसँग डिल गर्नुपर्छ ।

के यसअघि कुनै ल्यावबाट यस्तो भाइरस लिक भएको थियो ?

पक्कै पनि । जस्तै कोभिड १९ बारे समाचार आएका छन्, उसै गरी यसअघि पनि समाचार नआएका होइनन । तर ती समाचार कहाँबाट आए पुष्टि भएन ।

गत जनवरीमा एक अनलाइन थ्योरी निकै प्रचलित भयो । जुन थ्योरीमा भनिएको थियो कि कुनै ल्यावमा बायोविपन (जैविक हतियार)का रुपमा तयार बनाउन सकिन्छ ।

तर वैज्ञानिकहरु भने शुरमा यो थ्योरीलाई अस्वीकार गर्दै आएका थिए । धेरे जसो वैज्ञानिकहरु र अहिलेसम्म भएका अनुसन्धानमा कोरोना भाइरस मुख्य रुपमा जनावरबाट आएको र त्यसमा पनि चमेरोलाई मुल स्रोतका रुपमा शंका गरिएको छ ।

यद्यपि, भाइरसको मौलिकता वैज्ञानिक अनुसन्धानको उद्देश्यका लागि तयार गर्न सकिन्छ । उदाहरणका लागि कैयन भाइरस भविष्यमा कसरी म्यूटेट हुन सक्छन भन्नका लागि पनि गरिन्छ ।

तर गत मार्चमा प्रकाशित एक अमेरिकी अध्ययनमा यस प्रकारको कुनै संकेत पाइएको थिएन ।

स्क्रिप्ट लेखकका सह लेखक क्रिस्टियन एन्डर्सनका अनुसार कोरोना भाइरसमा जुन जीमोन डाटा छ त्यसमा तुलना गर्दा सार्स पूर्ण रुपमा प्राकृतिक रुपमा जन्मिएको मान्न सकिन्छ ।

एक अर्को आरोप के छ भने यो प्राकृतिक भाइरस गल्तीका कारण प्रयोगशालाबाट बाहिर आएको हो । संक्रमण रोगबारे अध्ययन गर्ने २ वटा शोध संस्थानसँग भएका बुहान सीफूड मार्केटको निकटताले यो आशंकालाई अझ बढावा दियो ।

डब्ल्यूआईवीले चमेरामा कोरोना भाइरसबारे अध्ययन गरेको थियो । यो पूर्णरुपमा वैध थियो भने कैयन अन्तर्राष्ट्रिय पत्रिकामा पनि प्रकाशित भएको थियो ।

डा. लेटजोसका अनुसार भाइरस कहाँबाट आयो भन्ने अहिलेसम्म जानकारी लिन गाह्रो छ । यसलाई लिएर कैयन प्रकारका बिचारहरु पनि छन् । सार्स कोभिड २ हुवानमा स्थित कुनै शोध संस्थानबाट आएको भन्नेमा ठोस प्रमाण छैन ।

बिहीबार चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले यस विषयमा एक न्यूज कन्फरेन्समा बोल्दै भने, ‘विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले कैयन पटक कोभिड १९ र कोभिड २ कुनै प्रयोगशालामा तयार भएको प्रमाण नभएको बताउँदै आएका छन् ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमप तथा उनको प्रशासनले कोरोना भाइरस संक्रमण रोक्नका लागि विश्व स्वास्थ्य संगठनले उठाएको कदमलाई लिएर प्रश्न उठाउँदै आएका छन् ।

यसबीच एक प्रश्नको उत्तर दिँदै राष्ट्रपति ट्रम्पले अमेरिकी सरकार ल्याव थ्योरीमा जाँज गरिरहेको बताएका थिए ।

यद्यपि यो भाइरस शुरुदेखि नै चीनमाथि आरोप लगाउँदै उनले कोरोना भाइरस संक्रमणको शुरुवाती चरणमा पादर्शिता नदेखाएको बताउँदै आएका छन् ।

अमेरिकाका विदेशमन्त्री माइक पोम्पियोले पनि चीनको पारदर्शीतामाथि प्रश्न उठाएका छन् ।

अर्कोतर्फ अमेरिका र चीनबीच मौखिक लडाइ चलिरहेका बेलामा वैज्ञानिकहरु भने यसको मूल कारण पत्ता लगाउने प्रयास जारी राखेका छन् ।

साभार बीबीसी


क्लिकमान्डु