क्लिकमाण्डूले प्रेस काउन्सिल र पत्रकार महासंघसहित ६ संस्थालाई मास्क र सेनिटाइजर दियो



प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठलाई मास्क हस्तान्तरण गर्दै क्लिकमाण्डूका संस्थापक पुष्प दुलाल

काठमाडौं । आर्थिक पत्रकारितामा कलम चलाइरहेको अनलाइन न्यूजपोर्टल क्लिकमाण्डू डट कमले प्रेस काउन्सलिसहित पत्रकारका विभिन्न ६ वटा संस्थालाई लाई मास्क र सेनिटाइजर सहयोग गरेको छ ।

मंगलबार नेपाल पत्रकार महासंघको कार्यालयमा पुगेर क्लिकमाण्डू टिमले नियामक प्रेस काउन्सिल नेपाल पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस संगठन, आर्थिक पत्रकारहरुको संस्था नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेपाल आर्थिक पत्रकार संघ (नाफिज)लाई गरी कुल ४५ सय थान मास्क र ३०० थान सेनिटाइजर प्रदान गरेको हो ।

‘कोरोना भाइरसका कारण मुलुकमा भइरहेको लकडाउन र संक्रमणले पत्रकारहरुमा पर्न गएको जोखिमलाई ध्यान दिँदै उक्त सामग्रीहरु लक्षित वर्गमा पुगोस भन्ने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको क्लिकमाण्डूको प्रकाशन गृह चाणक्य मिडिया प्रालिका अध्यक्ष पुष्प दुलालले बताए ।

‘हामीले आफ्नो तर्फबाट सानो सहयोग गरेका छौं, यो हाम्रो संस्थाको कर्पोरेट सोसियल रेस्पोन्सिविलिटी अन्तर्गत हो, सबैले आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्छ,’ उनले भने ।

सहयोग वितरण कार्यक्रममा बोल्दै प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले पत्रकार जगतबाट प्राप्त भएको यो सहयोग निकै सराहनीय भएको भन्दै यस्तो सहयोग अत्यावश्यक भएको बताए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सञ्चारमाध्यमले नै सहयोग माग गरिरहेकोमा संकटको समयमा क्लिकमाण्डूले गरेको सहयोग अतुलनीय भएको बताउँदै स्थलगत रिपोर्टिङका लागि हिँड्ने पत्रकारहरुका लागि महत्वपूर्ण भएको बताए ।

‘धेरै ठूलो मिडियाहरुले सहयोग माग गरिरहेको समयमा क्लिकमाण्डूले मास्क र सेनिटाइजर पत्रकारहरुका लागि उपलब्ध गराउनु महत्वपूर्ण छ, यसका लागि हामी कम्पनीलाई धन्यवाद दिन्छौं,’ अध्यक्ष आचार्यले भने ।

त्यस्तै, आर्थिक पत्रकार समाज सेजनक अध्यक्ष भीम गौतमले सहयोगका लागि क्लिकमाण्डूलाई धन्यवाद दिँदै पत्रकारहरुलाई उक्त सहयोग आवश्यकता अनुसार वितरण गर्ने बताए ।

यसअघि क्लिकमाण्डू डटकमले सरकारले स्थापना गरेको कोरोना कोषमा ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो । जसमध्ये बाँकी रहेको रकम कोरोना कोषमा नगद जम्मा गर्ने अध्यक्ष दुलालले जानकारी दिए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई मास्क र सेनिटाइजर हस्तान्तरण गर्दै क्लिकमाण्डूका संस्थापक पुष्प दुलाल

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललाई मास्क र सेनिटाइजर हस्तान्तरण गर्दै क्लिकमाण्डूका संस्थापक पुष्प दुलाल

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का सचिव रोयल आचार्यलाई मास्क र सेनिटाइजर हस्तान्तरण गर्दै क्लिकमाण्डूका संस्थापक पुष्प दुलाल

नेपाल आर्थिक पत्रकार समाज (सेजन) का अध्यक्ष भीम गौतमलाई मास्क र सेनिटाइजर हस्तान्तरण गर्दै क्लिकमाण्डूका सम्पादक आशीष ज्ञवाली

प्रस संगठन नेपालका अध्यक्ष महेश्वर दाहाललाई मास्क र सेनिटाइजर हस्तान्तरण गर्दै क्लिकमाण्डूका संस्थापक पुष्प दुलाल

 


क्लिकमान्डु