लकडाउन खुकुलो गर्ने सरकारको निर्णय, उद्योग संचालन गर्न दिइने 



काठमाडौं । सरकारले लकडाउनलाई केही खुकुलो गर्ने निर्णय गरेको छ । कोरोना भाइरस(कोभिड १९) नियन्त्रणका लागि गठन भएको उच्चस्तरिय समितिले स्वास्थ्य मापदण्ड पुरा गरेमा उद्योगहरु चलाउन दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री इश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले इन्धनको आपूर्ति सहज गर्न,खाद्यान्य,औषधी लगायतका उद्योग संचालन गर्न सहज बनाउने निर्णय गरेको बैठकपछि अर्थ तथा सूचना तथा संचारमन्त्री तथा सरकारका प्रवक्ताका डा युवराज खतिवडाले जानकारी दिए ।

सरकारले सुरक्षाको मापदण्ड अपनाएर विकास निर्माणका आयोजनालाई समेत चल्न दिने जनाएको छ । कृषिको काममा समेत रोकावट नहुँने निर्णय समितिले गरेको छ । समितिले सिमामा रहेका नागरिकलाई नेपालमा प्रवेश गर्न नदिने निर्णय गरेको छ ।


क्लिकमान्डु