यी हुन् कोरोना रोकथामका लागि अहिलेसम्म सरकारलाई आर्थिक सहयोग नगर्ने ५ वाणिज्य बैंक



काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस रोक्न सरकारले स्थापना गरेको कोषमा आर्थिक सहयोग गर्नेहरुको होडबाजीन नै चलेको छ । अहिलेसम्म विभिन्न संस्थाहरुले सरकारलाई १ अर्ब रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरिसकेका छन् ।

कोरोना नियन्त्रण गर्न सरकारलाई आर्थिक सहयोगको ओइरो, अर्ब बढी जुट्यो, कस्ले कति दिए ?

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये २२ वटा वाणिज्य बैंकले २५ करोड रुपैयाँ आर्थिक सहयोगको घोषणा गरिसकेका छन् । तर, ५ वटा वाणिज्य बैंकले भने सहयोग गरेका छैनन् ।

कोरोनासँग लड्न सरकारलाई कर्पोरेट हाउसको साथ, कस्ले कति सहयोग गरे ?

अहिलेसम्म आर्थिक सहयोग घोषणा नगर्नेमा नविल बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्डर्ड बैंक, एनआइसी एशिया बैंक र सनराइज बैंक छन् ।

के कति सहयोग गर्ने भनेर सञ्चालक समितिमा छलफल भइरहेको ती बैंकका सम्बध अधिकारीहरुले जनाएका छन् ।

‘सञ्चालक समितिमा छलफल भइरहेको छ, निर्णय भएपछि हामी पनि सहयोग गर्छौं,’ एक बैंकका अधिकारीले क्लिकमाण्डूसँग भने, ‘एकदुई दिनमै निर्णय हुन्छ ।’


पुष्प दुलाल