कुन कम्पनीको मेडिकल सामग्री लिन चीन उड्यो नेपाल एयरलाइन्स ?



काठमाडौं । चीनबाट मेडिकल सामग्री ल्याउनका लागि नेपाल एयरलाइन्सको विमान बिहीबार फरि ग्वाञ्जाओका लागि उडेको छ । बिहीबार दिउँसो १२ बजेर ६ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेको हो ।

नेपाल वायु सेवा निगमकी प्रवक्ता अर्चना खड्का अनुसार विमान ‘फ्ल्यास फ्रेइट लोजिस्टक’ कम्पनीले चार्टर्ड गरी विमान ग्वाञ्जाओ लगेको हो । उनका अनुसार विमानले मेडिकल सामग्री ल्याउने छ ।

यस अघि गत शनिबार नेपाल एयरलाइन्सले नै  ग्वाञ्जाओबाट चिनियाँ अनुदानमा प्राप्त मेडिकल सामग्री  सरकारले खरिद गरेको केही मेडिकल सामग्री ल्याएको थियो ।

गत शनिबार मेडिकल सामग्री ल्याउनका लागि ठेक्का पाएको ओम्नी समूहले आज दोस्रो लटका लागि चीन जानु पर्ने थियो । तर सरकारले नै बुधबार ठेक्का रद्द गरिसकेको छ ।


क्लिकमान्डु