
काठमाडौं । सुनका गरगहना चोरी गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ परेका छन् ।
सोमबार काठमाडौं प्रहरी परिसरले सुन चाँदीको पसल सीता ज्वेलर्सका सञ्चालक ५४ वर्षीय बिकाश लकाईलाई डल्लुबाट नियन्त्रणमा लिएको हो ।
सुनको नेकलेस १४ थान,सुनको लकेट ९ थान, सुनको मंगलसुत्र ८ थान, सुनको नौगेडी ५ थान र पिस लकेट ३ थानसहित नियन्त्रणमा लिएको परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।
मंसिर २ गते ६ बजे काठमाडौं महानगरपालिका १६ बालाजु बाईपास स्थित एक घरबाट सुनका गरगहना चोरी भएको थियो ।
वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले जिल्ला दोलखा, भीमेश्वर नगरपालिका ७ घर भइ काठमाडौं महानगरपालिका १५ डल्लु स्थितमा सिता ज्वेलर्स नामको सुनचाँदी पसल संचालन गरी बस्ने लकाईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको भट्टराईले जानकारी दिए ।








प्रतिक्रिया