पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १० र हवाई इन्धन १५ रुपैयाँले घट्यो



काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजलको मूल्य घटाएको छ । निगमले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले घटाएको हो ।

निगमका अनुसार अब पेट्रोलको मूल्य काठमाडौंका लागि प्रतिलिटर ९६ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ८५ रुपैयाँ कायम गरिएको छ ।

त्यस्ते, आन्तरिक उडानतर्फको हवाई इन्धनको मूल्य पनि प्रतिलिटर १५ रुपैयाँले घटाइ ७५ रुपैयाँ कायम गरिएको छ भने बाह्य उडानतर्फको हवाई इन्धन प्रति टन ९५० अमेरिकी डलर कायम गरिएको छ ।


क्लिकमान्डु