चीनबाट स्वास्थ्य सामग्री ल्याउने ओम्नी समुहसँगको सम्झाैता रद्द, ५ करोड धराैटी जफत



काठमाडाैं । सरकारले चीनबाट स्वास्थ्य सामग्री ल्याउने ओम्नी  समुहसँगको  सम्झाैता रद्द गरेको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले भनेको समयमा सामग्री ल्याउन नसकेको भन्दै सम्झाैता रद्ध गरिएको हो । साथै कम्पनीले राखेको ५ करोड रूपैयाँ धराैटी समेत जफत गरिएको उनले जानकारी दिए ।

उनका अनुसार थप सामग्री ल्याउनका लागि फेरि टेन्डर खुला गरिनेछ ।

सरकारले ओम्नी समुहसँग चीनबाट मेडिकल सामाग्री आपूर्तिको लागि गरेको सम्झौतामा अनियमिता गरेको भन्दै सरकारको आलोचना भएको थियो ।

सरकारले चैत ११ गते २४ घन्टाको सूचनाको आधारमा ओम्नी समुहसँग १ करोड ३ लाख ९४ हजार ४ सय अमेरिकी डलरमा औषधी तथा मेडिकल उपकरण खरिदको सम्झौता गरेका थियो ।

आइतबार नेपाल एयरलाइन्सको जहाज चाटर्ड गरेर पहिलो पटको सामान आएको थियो । जसमा ७ करोड बराबरको स्वास्थ्य उपकरण गुणस्तरहिन समेत पाइएको थियो ।

कम्पनीले सम्झौता अनुसार थप सामाग्री ल्याउन नसक्ने भएपछि सरकारले सम्झौता खारेज गरेको हो ।


क्लिकमान्डु