गाडी निर्माता कम्पनी फोर्डले ५० हजार भेन्टिलेटर बनाउने



काठमाडौं । गाडी निर्माता कम्पनी फोर्डले कोरोना संक्रमित विरामीहरुको उपचारका लागि ५० हजार वटा भेन्टिलेटर बनाउने भएको छ ।

जनरल इलेक्ट्रोनिक्स हेल्थ केयर युनिटसँगको सहकार्यमा १ सय दिनमा उक्त संख्यामा भेन्टिलेटर उत्पादन गर्ने निर्णय गरेको हो ।

उक्त भेन्टिलेटरहरु उत्पादनपछि आवश्यक परेमा प्रति महिना ३० हजार भेन्टिलेटर उत्पादन गर्न सकिने कम्पनीले जनाएको छ ।
भेन्टिलेटरको अभाब भएपछि कोरोना संक्रमितहरुको उपचारका लागि भेन्टिलेटर उत्पादन गर्न अमेरिकाका राष्टपति डोनाल्ट ट्रम्पले अनुरोध गरिसकेका छन् ।

भेन्टिलेटरको अभाबका कारण न्यूयोर्कस्थित अस्पतालहरुले एउटा भेन्टिलेटरले दुइ जना विरामीको उपचार गरिरहेका छन ।
भेन्टिलेटर उत्पादनका लागि फोर्डले ५ सय जना अटो कामदारहरु काममा लगाउने जनाएको छ ।

फोर्ड, जिएम र अन्य कम्पनीहरुले उत्पादन गर्ने भेन्टिलेटरहरु कोरोना संक्रमणले आक्रान्त पारेका अमेरिकाका विभिन्न राज्यहरुमा प्रयोग गर्न सकिने छ ।

जिएम कम्पनीले प्रतिमहिना १० हजार भेन्टिलेटर उत्पादन गर्ने योजना सार्वजनिक गरिसकेको छ ।

उत्पादनका क्रममा कामदारहरुको पनि दुरी कायम गरिने समेत कम्पनीले स्पष्ट पारेको छ ।


क्लिकमान्डु