यी २० अस्पतालमा हुन्छ कोरोनाको उपचार (सूचीसहित)



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका भित्रका ६ वटा र सातवटै प्रदेशमा कोरोना सम्बन्धित उपचारका अस्पताल तोकेको छ ।

मन्त्रालयले मंगलबार सूचना जारी गर्दै उपत्यका भित्र ६ वटा र उपत्यका बाहिर ७ वटै प्रदेशका १४ सहित २० वटा अस्पताल र डाक्टरको नम्बर सहित सार्वजनिक गरेको छ ।

लकडाउन अझै कडा बनाउने सरकारको निर्णय

उपत्यका भित्र शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, आयुुर्वेद रिसर्च सेन्टर र नेपाली सेनाको अस्पताल रहेको छ ।

यस्तै उपत्यका बाहिर प्रदेश १ मा मेची र उदयपुर अस्पताल, प्रदेश २ मा जनकपु्र र बारा अस्पताल, बाग्मती प्रदेशमा भक्तपुर र सिन्धुली अस्पताल, गण्डकी प्रदेशमा धौलागिरी र गोरखा अस्पताल रहेका छन् । यस्तै प्रदेश ५ मा लुम्बिनी र तम्घास अस्पताल, कर्णालि प्रदेशमा सुर्खेत र दैलेख अस्पताल र सुदुर पश्चिम प्रदेशको सेती र महाकाली अस्पताल रहेको छ ।


क्लिकमान्डु