गाडी आयातमा प्रतिबन्ध: बिलासी र महंगा मूल्यको गाडीमात्र रोकिने



काठमाडौं । मन्त्रीपरिषद्ले ५० हजार अमेरिकी डलर पर्ने गाडी आयातमा प्रतिबन्ध लगाउने निर्णय लियो । सरकारी निर्णय कुनै प्रभावकारी असर नै नपर्ने गाडी बिक्रेताहरु बताउँछन् ।

विदेशमा ५० हजार अमेरिकी डलर पर्ने गाडी नेपालमा आउदा साढे २ करोडभन्दा बढी पर्छ । यस्तो खाले गाडीहरु वर्षमा बढीमा साढे २ सय जति बिक्री हुन्छन् । यस्तो गाडी प्रयोग गर्नेहरु ठूला व्यवसायी सरकारी अधिकारीहरु हुन् । अन्यले यो गाडी प्रयोग गर्दैनन् ।

पूर्व अर्थसचिव शान्तराज सुवेदी पचास ९५०० हजार डलर इन्भ्वाईस मूल्य भएको सवारी साधनको आयातमा लाग्ने सम्पूर्ण कर महसुल र नाफा जोड्दा नेपाल भित्र बिक्री मुल्य ३ तीन करोड भन्दा माथी पर्ने बताउँछन् । उनले ट्वीटर मार्फत यसको जानकारी दिएका छन् ।

अर्थात यो प्रतिबन्धको असर नै केहीपनि देखिने छैन । ‘इन्ट्री लेभलको गाडी समेत बिक्री हुन कठिन भएको बेलामा महंगा गाडीमा लागेको प्रतिबन्धको असर केहीपनि देखिने छैन,’एक गाडी बिक्रेताले भने ।


क्लिकमान्डु