राष्ट्र बैंकको राहत प्याकेजले अर्थव्यवस्थालाई चलायमान बनाउँछः देवकुमार ढकालको बिचार
आइतबार मात्रै नेपाल राष्ट्र बैंकले लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहत प्याकेजको घोषणा गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई १९ बुँदे सर्कुरल जारी गर्दै राहत प्याकेज ल्याएको हो । जसमा बैंकबाट ऋण लिनेहरुलाई सबैभन्दा ठूलो प्याकेज दिइएको छ । र, ब्याज घटाउने नीति लिइएको छ । यो प्याकेजबाट सबैलाई फाइदा पुग्छ । हामीले गरेको व्यवस्थाले समग्र व्यवस्थालाई नै चलायमान बनाउँछ ।
बैंकबाट ऋण लिनेलाई राष्ट्र बैंकको बम्पर प्याकेज: ऋणको साँवा र ब्याज असार मसान्तमा तिर्दा हुने
तत्कालका लागि व्यपार, व्यवसाय र उद्योगहरु लकडाउनका कारण समस्यामा परेका छन् । त्यसकारण ऋण लिने जति पनि ग्राहकहरु थिए । ती ग्राहकले चैत मसान्तमा सावाँब्याज बुझाउन सक्ने अवस्था अवस्था छैन । अहिलेको अवस्थामा नगद प्रवाह नै भएको छैन । त्यसैले ३ महिनापछि बैंकको किस्ता तिरे हुने व्यवस्था मिलाएका छौं ।
उद्योगी व्यवसायीको मागअनुसार नै हामीले सावाँब्याज तिर्ने समय पछि धेकेलिदिएका हौं । बैंकको ऋण तिर्नलाई तत्कालै नगद प्रबाह भएन भनेर आत्तिनुपर्ने, प्यानल्टी तिर्नुपर्ने, प्यानल इन्ट्रेस्ट तिर्नुपर्ने तनाब भएन । यसबाट व्यवसायीहरुले फाइदा लिन सक्नुहुनेछ ।
चैत मसान्तमा बैंकबाट लिएको ऋणको किस्ता बुझाउनेले १० प्रतिशत छुट पाउने
अब बैंक तथा वित्तीय संस्थाले के पाए ? भनेर भन्नुहुनछ भने उनीहरुले पनि २ प्रकारका फाइदा पाए । सीआरआरमा हामीले दिएको कारण तत्कालै ३५ अर्ब रुपैयाँको हाराहारीमा तरलता थपिएको छ । यसले स्थिति केही सहज हुनेवित्तिकै लगानी गर्न पाउने भए । सीआरआर घटाइदिएका कारण बैंकहरुको कस्ट अफ फण्ड घट्यो । बैंकहरुको कस्ट अफ फण्ड घट्दा बेस रेट घट्छ । र, जसले ऋण लिने ग्राहकलाई ब्याजलर पनि सस्तो पर्छ । यसको फाइदा समग्र सिस्टमलाई नै हुन्छ ।
कोरोनाको राहत प्याकेजले बैंकमा एक दिनमा नै ३३ अर्ब रुपैयाँ तरलता थपियो
अर्कोकुरा, कसैसँग अहिले भर्खरै पैसा छ । बैंकको सावाँब्याज तिर्छु भन्छ भने त्यस्तोलाई पनि हामीले राहत दिएका छौं । चैत मसान्तसम्ममा बैंकको किस्ता तिर्ने ग्राहकलाई ब्याजमा १० प्रतिशत छुट दिएका छौं । तेस्रो त्रैमासमा कसैको २ लाख रुपैयाँ ब्याज पाकेको छ भने उसले चैत मसान्तमा किस्ता तिर्दा १ लाख ८० हजार रुपैयाँ मात्रै तिरे पुग्ने भयो । २० हजार त फाइदा भयो नि ।
छुटाको स्किमका कारण यस्तो अवस्थामा पनि ऋणीहरुले ऋण तिरे भने बैंकलाई पैसा त आयो । यसरी आएको पैसा अन्यत्र क्षेत्रमा लगानी गरेर कमाउन सक्ने भयो ।
यो त्रैमासमा लक डाउनका कारण सीसीडी, एसएलआर, विपन्न वर्ग कर्जा, उत्पादनमूलक क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जा, कृषि र उर्जामा प्रवाह गर्नुपर्ने कर्जामा तोकिए अनुसार प्रवाह हुन नसकेका कारण बैंकहरु राष्ट बैंकको कारबाहीमा पर्ने अवस्था थियो । हामीले त्यसलाई पनि छुट गरिदिएका छौं । जसकारण बैंकहरुलाई यी विषयको रिपोर्टंग गर्ने झन्झट पनि भएन । उहाँहरु पूर्णरुपमा आवश्यक बैंकिंग कारोबारमा मात्रै एकत्रित भएर लाग्न पाउने हुनुभयो ।
अर्कोकुरा हामीले बैंक दर पनि घटाइदिएका छौं । राष्ट्र बैंकसँग कर्जा लिन आउने बैंक तथा वित्तीय संस्थाहरुले सस्तो दरमा पाउँछन् । त्यसको फाइदा के हो भने बैंकहरुलाई तरलता हुन्छ भने ग्राहकलाई सस्तो ब्याजदरमा ऋण पाउने अवस्था सिर्जना हुन्छ ।
त्यसैगरी, ६० अर्ब रुपैयाँको पुनःकर्जा कोष बनाइएको छ । यसले समस्यामा परेकाहरुलाई सहुलियत दरमा ऋण दिन सकिन्छ ।
त्यसैगरी, पर्यटन व्यवसायी र यातायात व्यवसायीले ०७६ पुस मसान्तसम्मको कर्जाको सावाँ र व्याज नतिरेको भएपनि नयाँ कर्जा दिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । यस्तो कर्जा छोटो प्रक्रिया पुर्याइ ५ दिनभित्र दिनुपर्ने र ०.२५ प्रतिशतभन्दा बढी सेवा सुल्क लिन नपाइने भनेका छौं ।
पर्यटन र यातायात व्यवसायीले ०७६ पुस मसान्तपछिको किस्ता नतिरे पनि नयाँ कर्जा पाउने
कोरोना भाइरसको महामारीका कारण यी दुई व्यवसाय सबैभन्दा बढी प्रभावित भएका थिए । यो व्यवस्थाले ती क्षेत्रलाई पनि ठूलो राहत पुगेको छ ।
विद्युतीय सेवालाई प्रभावकारी थप बनाउन र बढीभन्दा बढी सेवाग्राहीको पहुँच बढाउनका लागि सर्भिस इनेवल गर्ने, पासवर्ड रिसेट, पिन रिसेट, भेरिफिकेशन, कार्ड रिन्यूअल जस्ता अनलाइन कारोबार गर्न आवश्यक पर्ने कार्यहरुको लागि जोखिम व्यवस्थापन गरी काम गर्नुपर्ने र यस्तो सेवा दिएबापत २०७७ असार मसान्तसम्म कुनैपनि सेवाशुल्क लिन नपाइने व्यवस्था गरेका छौं । यो व्यवस्थाले ग्राहकहरुलाई सकेसम्म बैंक नआई घरै बसेर डिजिटल बैंकिं कारोबार गर्न प्रोत्साहन मिलेको छ ।
महासंघ अध्यक्ष राणा भन्छिन्- राष्ट्र बैंकले दिन सक्ने सहुलियत दियो, सरकारले दिन बाँकी छ
अहिलेको आवस्थामा राष्ट्र बैंकले ल्याएका राहत प्याकेजहरु पर्याप्त छन् । तर, भोलि अवस्था कस्तो हुन्छ भन्ने कुरा हामी कसैलाई पनि थाहा छैन । भोलिका दिनमा जस्तो परिस्थिति आउँछ । राष्ट्र बैंक समयानुकुल आवश्यक निर्णयहरु अघि बढ्छ । अहिले भने हामीले लक डाउनका बेला ठप्प भएको अर्थतन्त्रलाई चलायमा बनाउने प्याकेज ल्याएका हौं ।