पर्यटन र यातायात व्यवसायीले ०७६ पुस मसान्तपछिको किस्ता नतिरे पनि नयाँ कर्जा पाउने



काठमाडौं । नेपाल राष्ट बैंकले पर्यटन र यातायात व्यवसाीलाई बम्पर राहत प्याकेज दिएको छ ।

बैंकबाट ऋण लिनेलाई राष्ट्र बैंकको बम्पर प्याकेज: ऋणको साँवा र ब्याज असार मसान्तमा तिर्दा हुने

राष्ट्र बैंकले आइतबार सर्कुलर जारी गर्दै पर्यटन व्यवसायी र यातायात व्यवसायीले ०७६ पुस मसान्तसम्मको कर्जाको सावाँ र व्याज नतिरेको भएपनि नयाँ कर्जा दिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

चैत मसान्तमा बैंकबाट लिएको ऋणको किस्ता बुझाउनेले १० प्रतिशत छुट पाउने

यस्तो कर्जा छोटो प्रक्रिया पुर्याइ ५ दिनभित्र दिनुपर्ने र ०.२५ प्रतिशतभन्दा बढी सेवा सुल्क लिन नपाइने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

कोरोना भाइरसको महामारीका कारण यी दुई व्यवसाय सबैभन्दा बढी प्रभावित भएका थिए ।

‘२०७६ पुस मसान्तसम्म् सावाँ तथा व्याज नियमित भुक्तानी गरिरहेका पर्यटन तथा यातायात क्षेत्रका ऋणीहरुले अल्पकालीन कर्जाको माग गरेमा सावाँ तथा ब्याज बक्यौता रहेता पनि आवश्यकताअनुसार निश्चित सीमासम्म संक्षिप्त प्रक्रिया अपनाइ ५ दिनभित्र कर्जा प्रवाह गर्नुपर्ने छ । यस्तो सीमा स्वीकृत गर्दा ०.२५ प्रतिशतभन्दा बढी सेवाशूल्क लिन पाइने छैन,’ राष्ट्र बैंकको सर्कुलरमा भिनएको छ ।


पुष्प दुलाल