चैत मसान्तमा बैंकबाट लिएको ऋणको किस्ता बुझाउनेले १० प्रतिशत छुट पाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत मसान्तमा बुझाउनुपर्ने मासिक र त्रैमासिक किस्ता बुझाउने ऋणीलाई १० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

राष्ट्र बैंकले कोरोना भाइरस(कोभिड १९) को कारण अर्थतन्त्रमा परेको समस्यालाई राहत दिनको लागि चैतमा तिनुपर्ने किस्ता असार मसान्तसम्ममा तिर्दा हुने व्यवस्था गरेको छ ।

बैंकबाट ऋण लिनेलाई राष्ट्र बैंकको बम्पर प्याकेज: ऋणको साँवा र ब्याज असार मसान्तमा तिर्दा हुने

यदी ऋणीले सो किस्ता चैतमा बुझाएमा १० प्रतिशत छुट हुने व्यवस्था गरेको छ ।

ऋणीले ब्याज रकममा १० प्रतिशत छुट पाउने छन् । सो छुट बैंकको न्यूनतम आधारदरभन्दा तल भने हुने छैन ।


क्लिकमान्डु