महासंघ अध्यक्ष राणा भन्छिन्- राष्ट्र बैंकले दिन सक्ने सहुलियत दियो, सरकारले दिन बाँकी छ



काठमाडौं । नेपाल राष्ट्र बैंकको बम्पर प्याकेजप्रति निजी क्षेत्रले खुसी व्यक्त गरेको छ । कोरोना भाइरसका कारण देशको अर्थतन्त्र भयावय हुने भएपछि त्यसलाई कम गर्न राष्ट्र बैंकले आइतबार बम्पर प्याकेज दिएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई १९ बुँदे निर्देशन जारी गर्दै सावाँ र व्याजको भुक्तानी ०७७ असार मसान्तमा गरे हुने व्यवस्था गरेको छ । त्यसैगरी, राष्ट्र बैंकले चैत मसान्तसम्ममा नवीकरण नभएको कर्जालाई शुक्ष्मी निगरानीमा राख्न नपाइने व्यवस्था गरेको छ ।

बैंकबाट ऋण लिनेलाई राष्ट्र बैंकको बम्पर प्याकेज: ऋणको साँवा र ब्याज असार मसान्तमा तिर्दा हुने

त्यस्तै, चैत मसान्तसम्ममा भुक्तानी अवधि तोकिएको सबै प्रकारका चालु पुँजी प्रकृतिका अल्पकालीन कर्जाहरुको भुक्तानी अवधि ६० दिनसम्म थप गर्न सकिने परिपत्रमा उल्लेख छ ।

त्यस्तै, पर्यटन व्यवसायी र यातायात व्यवसायीले ०७६ पुस मसान्तसम्मको कर्जाको सावाँ र व्याज नतिरेको भएपनि नयाँ कर्जा दिन राष्ट्र बैंक्ले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । यस्तो कर्जा छोटो प्रक्रिया पुर्याइ ५ दिनभित्र दिनुपर्ने र ०.२५ प्रतिशतभन्दा बढी सेवा सुल्क लिन पाइने छैन ।

चैत मसान्तमा बैंकबाट लिएको ऋणको किस्ता बुझाउनेले १० प्रतिशत छुट पाउने

त्यसैगरी, राष्ट्र बैंकले चैत मसान्तमा बुझाउनुपर्ने मासिक र त्रैमासिक किस्ता बुझाउने ऋणीलाई १० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

राष्ट्र बैंकले कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको समस्यालाई राहत दिनको लागि चैतमा तिनुपर्ने किस्ता असार मसान्तसम्ममा तिर्दा हुने व्यवस्था गरेको छ । यदी ऋणीले सो किस्ता चैतमा बुझाएमा १० प्रतिशत छुट हुने व्यवस्था गरेको छ । सो छुट बैंकको न्यूनतम आधारदरभन्दा तल भने हुने छैन ।

पर्यटन र यातायात व्यवसायीले ०७६ पुस मसान्तपछिको किस्ता नतिरे पनि नयाँ कर्जा पाउने

चैत मसान्तसम्ममा भुक्तानी अवधि तोकिएको सबै प्रकारका चालु पुँजी प्रकृतिका अल्पकालीन कर्जाहरुको भुक्तानी अवधि ६० दिनसम्म थप गर्न सकिने राष्ट्र बैंकको परिपत्रमा उल्लेख छ ।

त्यसैगरी सीआरआर घटाएर र काउन्टर साइक्लिकल बफर हटाएर राष्ट बैंकले ब्याजदर घटाउने नीति लिएको छ भन् ६० अर्बको पुनकर्जा कोषको घोषणा गरेको छ ।

व्यवसाय बन्द भएपनि रोजगारदाताले श्रमिकलाई तलब दिनुपर्ने

यस लगायत पनि राष्ट्र बैंकले व्यवसायीहरुलाई धेै छुट दिएको छ । राष्ट बैंकको राहत प्याकेजले निजी क्षेत्र उत्साहित भएको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा बताउँछिन् ।

बैंकहरुले सीआरआर ३ प्रतिशत गर्दा हुने, बजारमा ३५ अर्ब रुपैयाँ थपिदाँ कर्जाको ब्याजदर घट्ने

‘मैले राष्ट्र बैंकको राहत प्याकेज हेरेँ यसले ब्याजदर १ देखि २ प्रतिशत घटाउने देखिन्छ, जुन अहिलेको अवस्थामा उद्यमी व्यवसायीहरुका लागि ठूलो प्याकेज हो,’ अध्यक्ष राणाले क्लिकमाण्डूसँग भनिन्, ‘सावँ ब्याजको भुक्तानीको समय पर सारिएको छ । होटेल र यातायात व्यवसायीलाई चैतमा किस्ता नतिरे पनि वर्कि क्यापिटल लोन दिने भनिएको छ । यो अत्यन्तै सुखद कुरा हो ।’

काउन्टर साइक्लिकल बफर स्थगन, कर्जा प्रवाह गर्न बैंकहरु स्वतन्त्र

पहिलो चरणका लागि राष्ट्र बैंकले घोषणा गरेको प्याकेज अत्यन्तै सकरात्मक भएको उनले बताइन ।

‘पर्यटन व्यवसायीलाई राष्ट्र बैकको प्याकेजले पुगेको छैन, यसले राहत मिलेको छ,’ उनले भनिन्, ‘दोस्रो चरणमा पनि सरकारले प्याकेज घोषणा गर्छु भनेको छ । त्यसमा सरकारले दीर्घकालका लागि प्याकेज ल्याउनुपर्छ ।’

रणाका अनुसार होटेलहरु बन्द भएका छन् । अबको ६ महिनासम्म होटेल खोल्ने चान्स छैन । खोलेपनि गेस्ट आउँदैनन् । त्यसैले यो क्षेत्रलाई सरकारले नै विषेश सहुलियतको प्याकेज दिनुपर्छ ।

‘राष्ट्र बैंकले आफूले गर्नसक्ने जति गरेको छ , अब सरकारले दिने सहुलियत बाँकी छ,’ उनले भनिन्-  ‘सरकारले आफ्नो तर्फबाट ब्याजदरमा सहुलियत दिनुपर्छ ।’


पुष्प दुलाल