व्यवसाय बन्द भएपनि रोजगारदाताले श्रमिकलाई तलब दिनुपर्ने



काठमाडौं । उद्योग प्रतिष्ठान बन्द भएपनि रोजगारदाताले तलब भुक्तानी गर्नुपर्ने निर्देशन सरकारले दिएको छ ।

औपचारिक क्षेत्रका संगठित क्षेत्रमा दैनिक वा महिनावारी परिश्रमिकमा काम गर्ने श्रमिकहरुलाई रोजगारदाताले पारिश्रमिक भुक्तानी गर्नु पर्ने सुचना तथा सञ्चारमन्त्री एव्म सरकारका प्रवक्ता युवराज खतिवडाले बताए ।

आइतबार बसेको मन्त्रीपरिषद्को निर्णय सुनाउदै मन्त्री खतिवडाले कोरोना भाइरसको कारण बन्द रहेका पर्यटन क्षेत्रका होटल तथा अन्य संघसस्थाले पनि श्रमिकलाई चैत महिनासम्म पारिश्रम भुक्तानी गर्नुपर्ने बताएका हुन् ।

यसका साथै ती अन्य सार्वजनिक प्रतिष्ठानहरुले व्यवसाय सञ्चालन नभएसम्म ज्याला भुक्तानी गर्नु पर्ने निर्देशन सरकारको गरेको छ । आवश्यकता अनुसार श्रमिकको ज्याला भुक्तानीको लागि प्रतिष्ठानस्तरका कल्याणकारी कोषबाट रकम उपयोग गर्न सक्ने मन्त्री खतिवडाले बताए ।


क्लिकमान्डु