गरीब परिवारलाई स्थानीय तहले खाद्यान्य वितरण गर्ने



काठमाडौं । गरीब परिवारलाई स्थानीय तहले खाद्यान्य वितरण गर्ने भएको छ । मन्त्रीपरिषद्को बैठकले स्थानीय तहले परिचयपत्र हेरेर स्थानीय तहले लकडाउन अवधीभर खाद्यान्य वितरण गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा सूचना सचार एव्म अर्थमन्त्री डा युवराज खतिवडाले स्थानीय तहले खाद्यान्य वितरण गर्ने जानकारी दिए । यसको लागि स्थानीय तह र प्रदेश कोष बनाउनुपर्ने र कोषमा रकम नपुगेमा केन्द्र सरकारले पैसा दिने छ । प्रदेश र स्थानीय तहले समन्वयन गरेर गरीब परिवारलाई खाद्यान्य वितरण गर्ने छन् ।

कोरोना भाइरसको कारण अनौपचारिक क्षेत्रमा रोजगारी गुमेको छ ।


क्लिकमान्डु