हवाई उडान बैशाख ३ गतेसम्म बन्द गर्ने निर्णय



काठमाडौं । सरकारले हवाई उडानको प्रतिबन्ध लम्बाउने भएको छ । सरकारले अन्तर्राष्ट्रिय हवाई उडानमा बैशाख ३ गतेसम्म रोक लगाउने निर्णय गरेको हो ।

आइतबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले हवाई उडानमा लगाइएको प्रतिबन्ध लम्बाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले उक्त जानकारी दिँदै लकडाउनको अवधि पनि बढाउने विषयमा छलफल भएको जानकारी दिए ।

चैत भरी लकडाउन गर्ने प्रस्ताव, मन्त्रिपरिषद्ले निर्णय गर्ने

‘हवाई उडान अप्रिल १५ तारिखसम्म रोक्ने निर्णय भएको भने लकडाउनको अवधि बढाउने विषयमा प्रस्ताव आए पनि आजै बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्नेछ,’ उनले भने ।

उनका अनुसार कोरोना भाइरसबाट पीडितहरुका लागि राहत प्याकेज ल्याउने विषयमा पनि छलफल तथा गृहकार्य भइरहेको बताउँदै त्यो पन छिट्टै निर्णय हुने बताए ।


क्लिकमान्डु