
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने बताएका छन् । उनले नयाँ व्यक्तिहरुलाई अघि आउन आग्रह समेत गरेको बताए ।
उनले चुनावमा अनुहार बदलेर जानुपर्नेमा जोड दिँदै बढिभन्दा बढी युवा र नयाँहरूलाई अवसर दिनुपर्ने समेत बताए ।
नेपाली कांग्रेसकै अर्का महामन्त्री गगनकुमार थापाले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनअघि पार्टी नेतृत्व परिवर्तन अनिवार्य भएको बताएका छन् ।
बिहीबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले आम निर्वाचनअघि पार्टी नेतृत्व परिवर्तन नभए आफू चुनाव नलड्ने घोषणा गरेका हुन् ।
‘चुनावअघि पार्टीको नेतृत्व परिवर्तन हुनैपर्छ । नेतृत्व फेरिएन भने चुनावमा जान सम्भव छैन,’ थापालाई उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘नेतृत्व परिवर्तन नगरी चुनावमा जाने हो भने कोको चुनाव लड्ने हो लड्नुस् म चाहिँ लड्दिनँ ।’
यसअघि आजकै बैठकमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका थिए ।








प्रतिक्रिया