काठमाडौबाट ३०० बढी यात्रु लिएर पेरिस उड्यो कतार एयरवेज



काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३०० बढी यात्रु लिएर कतार एयरवेज शुक्रबार बिहान पेरिसका लागि उडान गरेको छ । 

बिहान ११ बजर ५० मिनेट जाँदा काठमाडौंबाट कतार एयरवेज उडेको हो । विमानमा ३०४ जना युरोपियन नागरिक थिए ।

लकडाउनका बेला काठमाडौंमा किन आयो कतार एयरवेजको विमान ?

कोरोना भाइरसका कारण सरकारले एक साताका लागि लकडाउन गरेपछि विदेशी यात्रुहरु नेपालमै अड्किएका थिए । उनिहरुलाई नेपालस्थित जर्मन दुतावासले परराष्ट्र मन्त्रालयमार्फत् अनुमति मागेको थियो ।

सोही अनुसार ती यात्रुहरु काठमाडौंमा जम्मा भएका थिए । युरोपियन नागरिकलाई लिन शनिबार पनि कतार एयरवेज नेपाल आउनेछ ।


क्लिकमान्डु