कोरोना भाइरससँग लड्न विशाल ग्रुपले सरकारलाई १ करोड रुपैयाँ सहयोग गर्ने



काठमाडौं । कोरोना भाइरस संक्रमण नियान्त्रण तथा उपचारका लागि विसाल ग्रुपले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

विसाल ग्रुप अन्तर्गतको भीजी फाउन्डेसनले कोरोना भाइरस विरुद्धको सरकारी अभियानलाई मद्दत गर्न र आवश्यक उपकरण तथा सावधानीका सामग्री उपलब्ध गराउन सो सहयोगको घोषणा गरेको हो ।

कोरोना भाइरस उपचार कोषमा लक्ष्मी ग्रुपले १ करोड सहयोग गर्ने

भीजी फाउन्डेसनले अब एन ९५ मास्क, स्यानिटाइजर, संक्रमितको उपचारका क्रममा प्रयोग हुने पर्सनल प्रोटेक्सन इक्विपमेन्ट  (पीपीई ) इन्फ्रारेड थर्मोमिटर र अन्य स्वास्थ्य सामग्री आपुर्ति गरेर नेपालका विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपलब्ध भएको छ । जसका लागि अन्तर्राष्ट्रिय आपुर्तिकर्ताहरुसँग सहकार्य गरिरहेको छ ।

कोरोना भाइरसकको त्रास सुरु भएपछि भीजी फाउन्डेसनले विर अस्पताल, थापाथली अस्पताल (प्रसुती गृह) र कान्ति बाल अस्पतालमा ह्यान्ड स्यानिटाइजर र सर्जिकल मास्कहर वितरण गरेको थियो ।


पुष्प दुलाल