टेकु अस्पतालमा कोरोना भाइरस भेटिएकी युवती को होलिन् ?



काठमाडौं । काठमाडौंको टेकु अस्पतालमा कोरोना जाँचका क्रममा कोरोना पोजेटिभ भएको विरामी भेटिएको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ । स्वास्थ्य मन्त्रलालयद्वारा आयोजित विशेष पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

मन्त्रालयका अनुसार उनी १९ वर्ष उमेर भएकी युवती हुन् ।  संक्रमित युवती काठमाडौं उपत्यकाकी श्रेष्ठ थरकी स्थायी बासिन्दा हुन । उनलाइ मैतिदेबी क्षेत्रबाट एम्बुलेन्सले अस्पताल लगेकाे थियाे ।

कोरोना आतंकः अब यसो गरौं

फ्रान्स पढन गएकी युवतीमा कोरोनो भाइरस देखिएको हो । अहिले उनको परिवारलाई पनि क्वारेन्टाइनमा राखेको जानकारी सरकारले दिएको छ । चैत ४ गते कतार एयरवेजयको उडानबाट उनी काठमाडौंमा अवतरण गरेकी हुन् । साथै उनी फ्रान्सबाट आउदा चढेको हवाइजहाजका यात्रु सबैलाई सम्पर्क गरी सर्तकता अपनाउने रणनिति समेत सरकारले बनाएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताए ।

नेपालमा कोरोना भाइरसको बिरामी भेटिएको स्वास्थ्य मन्त्रालयको पुष्टी

ढकालले व्यक्तिगत गोपनियताको कारण बिरामी व्यक्तिको नाम सार्वजनिक नहुँने बताए ।

मन्त्रालयले कोरोना भाइरस लागेको विरामी भेटिएको बताए पनि उनको नाम र विस्तृत विवरण भने सार्वजनिक गरेको छैन । कोरोना देखिएकी उक्त युवतीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको र निको हुने मन्त्रालयले विश्वास लिएको मन्त्री ढकालले स्पष्ट पारे ।


क्लिकमान्डु