नेपालमा कोरोना भाइरसको बिरामी भेटिएको स्वास्थ्य मन्त्रालयको पुष्टी



काठमाडौं । नेपालमा कोराना भाइरस (कोभिड १९)को बिरामी भेटिएको छ । फ्रान्सबाट फर्केका नेपाली नागरिकलाई कोरोना भाइरस पोजेटिभ भेटिएको स्वास्थ्यमन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्यमन्त्रालयले गरेको पत्रकार सम्मेलनमा एकजनामा सो भाइरस भेला परेको र अहिले टेकुमा उपचार भएको जानकारी दिएको छ ।

फ्रान्सबाट कतार हुँदै चैत ४ गते काठमाडौं आएकी एक नेपाली नागरिकको स्वास्थ्य परीक्षणको क्रमममा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो

टेकु अस्पतालमा कोरोना भाइरस भेटिएकी युवती को होलिन् ?

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस भेटिएको नेपाली १९ वर्षको महिला रहेको जानकारी दिए ।

मन्त्रालयले फ्रान्सबाट फर्केका नागरिकसँग भेटिएका अन्य व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिएको छ ।


क्लिकमान्डु