प्राधिकरणले विजुली काटेपछि उद्योगहरुको आकस्मिक बैठक: ‘प्राधिकरणले दादागिरी देखायो’



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता रहेका २ वटा उद्योगको विजुली काटेपछि उद्योगीहरुको आकस्मिक बैठक बस्ने भएको छ ।

३ बजे काठमाडौंमा डेटिकेटेट र ट्रंकलाइनको विवाद भोगेका उद्योगी व्यवसायीहरु बीच छलफल हुने भएको छ ।

प्राधिकरणले एक्कासी विजुलीको बिल काटेर उद्योगीलाई त्रसाउने काम गरेको भन्दै आवश्यक रणनीति बनाउनको लागि बैठक बस्न लागिएको एक उद्योगीले जानकारी दिए ।

‘कोरोना भाइरसको कारण उत्पादन बढाउनुपर्ने दवावमा रहेका उद्योगलाई लाइन काटेर प्राधिकरणले उद्योग व्यवसाय ठप्प बनाउन खोजेको देखियो,’एक उद्योगीले भने ।

ति उद्योगीका अनुसार प्राधिकरणले २०७५ सालपछि लोडसेडिङ हटेपछि पनि डेडिकेटेट र टंकलाइनको बिल पठाएको भन्दै असन्तुष्टी जनाए । प्राधिकरणले अहिले पनि सोही शुल्कमा बिल पठाउदै आएको छ ।

३ बजे बस्ने भेलापछि थप प्रक्रिया अगाडि बढाउने जानकारी ति उद्योगीले दिए । प्राधिकरणले गरेको तयारी हेर्दा बक्यौता बाँकी रहेका २ दर्जन नै उद्योगमा बिजुलीको लाइन काटिने सम्भावना छ ।


क्लिकमान्डु