शोधनान्तर स्थितिमा सुधार, साढे २१ अर्ब बचतमा



काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा शोधनान्तर स्थिति बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ७ महिनाको तथ्याङक अनुसार २१ अर्ब ६१ करोडले शोधानान्तर स्थिति बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४९ अर्ब ३२ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको ७ महिनासम्ममा ४३ करोड १७ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा १९ करोड ११ लाखले बचतमा रहेको छ ।

चालु खाता घाटा १ खर्ब १२ अर्ब १५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ६६ अर्ब ६७ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको ७ महिनामा १ अर्ब ४६ करोड रहेको चालु खाता घाटा ९८ करोड ४८ लाख रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ८ अर्ब ३१ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ३८ करोड रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ४३ करोड र प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १५ करोड रुपैयाँ रहेको थियो ।


क्लिकमान्डु