
काठमाडौं । टीसीएल नेपालले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने टी–२० विश्वकप अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विशेष उपभोक्ता क्याम्पेनका विजेता सार्वजनिक गरेको छ।
उपभोक्तालाई अत्याधुनिक प्रविधिसँगै अन्तर्राष्ट्रिय खेलकुदको उत्साहसँग जोड्ने उद्देश्यले टीसीएल नेपालले देशभर लागू गरेको “नेपालको शान, मुम्बईको मैदान” अभियानअन्तर्गत पहिलो चरणका भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार पहिलो चरणका विजेता धनगढी निवासी पुष्कर अवस्थी हुन्। उनले सुभेक्षा ट्रेड एण्ड सप्लायर्स—टीसीएलको आधिकारिक बिक्रेता—बाट टीसीएल एयर कन्डिसनर ९एसी० खरिद गरी क्याम्पेनमा सहभागिता जनाएका थिए।
यस योजनाअन्तर्गत विजेताले ४ रात ५ दिनको मुम्बई यात्रा सहित वानखेडे स्टेडियममा नेपाल राष्ट्रिय क्रिकेट टोलीको एक खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन्। उक्त यात्रा प्याकेजमा हवाई टिकट, होटेल बसाइ, म्याच टिकट तथा आवश्यक सम्पूर्ण खर्च टीसीएल नेपालले नै व्यहोर्ने जानकारी दिएको छ।
टीसीएल नेपालले यस क्याम्पेनमार्फत आफ्ना उपभोक्तालाई केवल इलेकट्रोनिक उत्पादन मात्र नभई विश्व स्तरीय क्रिकेट अनुभव र अविस्मरणीय यात्रा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ। कम्पनीका अनुसार मुम्बईमै आयोजना हुने नेपाल टोलीका खेलहरूले नेपाली क्रिकेट प्रेमीका लागि यो अवसर अझै विशेष बनाएको छ।
क्याम्पेनमा सहभागी हुन टीसीएलका कुनै पनि आधिकारिक उत्पादन खरिद गरी एसएमएस मार्फत सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ।
सीमित अवधिका लागि लागू गरिएको यस योजनामा अझै पनि विजेता बन्ने अवसर बाँकी रहेको टीसीएल नेपालले जनाएको छ। कम्पनीले उपभोक्तालाई नजिकको आधिकारिक बिक्रेताबाट टीसीएलका उत्पादन खरिद गरी समयमै सहभागिता जनाउन आग्रह गरेको छ।
टीसीएल नेपालले उपभोक्तालाई सकेसम्म छिटो टीसीएलका उत्पादन खरिद गरी सहभागिता जनाउन आग्रह गरेको छ, किनकि जति चाँडो सहभागिता जनाइन्छ, त्यति नै छिटो तथा बढी टी२० विश्वकप अन्तर्गत ५ दिन ४ रातको मुम्बई यात्रा र खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त हुने सम्भावना बढ्ने कम्पनीको भनाइ छ।
टीसीएल नेपालका अनुसार यो क्याम्पेनले ब्रान्डप्रतिको विश्वास थप मजबुत बनाउनुका साथै नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको खेलकुद अनुभवसँग जोड्ने विश्वास लिइएको छ। यस योजनामा कम्पनीका सर्त तथा नियमहरू लागू हुनेछन्।








प्रतिक्रिया