४ रुपैयाँ ४५ पैसामा विद्युतीय सवारी चार्ज हुने, प्राधिकरणले गर्यो यस्तो महसुल प्रस्ताव



काठमाडौं । रातीको समयमा विद्युतीय सवारी साधन चार्ज गर्दा सबैभन्दा सस्तो पर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले तयार पारी विद्युत् नियमन आयोगमा पठाएको महसुल दर अनुसार रातको समयमा सबैभन्दा सस्तो पर्ने भएको हो । सार्वजनिक यातायातका लागि राती ११ बजेदेखि विहान ५ बजेसम्म प्रतियुनिट ४ रुपैयाँ ४५ पैसा महसुल लाग्ने छ । प्राधिकरणले तय गरेको यो महसुल सबैभन्दा सस्तो हो । तोकिएको महसुलमा थप २० प्रतिशतसम्म मुनाफा लिन पाउने व्यवस्था गरिएको छ ।

पिक समय बढी विद्युत् माग हुने  साँझ ५ बजेदेखि राती ११ बजेसम्म प्रतियुनिट ८ रुपैयाँ ४० पैसा महसुल तिर्नुपर्नेछ । यो सुविधा ३३ केभी भोल्टजका लागि हो । सोही भोल्टजेजमा राती ११ बजेदेखि बिहान ५ बजेसम्म ५ रुपैयाँ ५ पैसा महसुल लाग्नेछ ।

यस्तै ११ केभी भोल्टजेका लागि साँझ ५ बजेदेखि राती ११ बजेसम्म कूल ८ रुपैयाँ ७० पैसा लाग्नेछ भने राती ११ बजेदेखि बिहान ५ बजेस्म्म ५ रुपैयाँ ५ पैसा लाग्नेछ ।

अन्य समयको हकमा ३३ केभी भोल्टेजका लागि ६ रुपैयाँ ६० पैसा र ११ केभी भोल्टेजका लागि ६ रुपैयाँ ९० पैसा महसुल लाग्नेछ । पुसदेखि चैतसम्मको हकमा भने भने फरक महसुल दर तय गरिएको छ । त्यसमा ३३ केभी भोल्टेजका लागि ८ रुपैयाँ ४० पैसा महसुल लाग्नेछ । यो साँझ ५ बजेदेखि ४० पैसा महसुल लाग्नेछ । यस्तै ११ बजेदेखि ५ बजेस्म्मका ६ रुपैयाँ ६० पैसा महसुल लाग्नेछ ।

११ केभी भोल्टेजको हकमा पनि नयाँ महसुल दर तय गरिएको छ । त्यसमा साँझ ५ बजेदेखि ११ बजेसम्म ११ रुपैयाँ ७० पैसा र राती ११ बजेदेखि बिहान ५ बजेसम्म ५ रुपैयाँ ५ पैसा महसुल लाग्नेछ । अन्य समयमा भने १० रुपैयाँ ३० पैसा महसुल लाग्नेछ ।

तल्ला भोल्टेजको हकमा भने ११ रुपैयाँ ७० पैसादेखि ५ रुपैयाँ १५ पैसा महसुल दर कायम गरिएको छ ।

प्राधिकरणले विभिन्न ११ समूहका ग्राहकको वर्गीकरण गरेको छ । त्यसमा घरेलु, गैर व्यापारिक, व्यापारिक, औद्योगिक, पानी वितरण, सिँचाइ, सडक कबत्ती, अस्थायी, यातायात, मन्दिर, गैर घरेलु, मनोरञ्जन, सामुदायिक वितरण र निर्यातका विभिन्न शुल्क तय गरिएको छ ।

सरकारले विद्युतीय सवारी साधानको प्रयोगलाई बढावा दिन लागेको छ । सोही अनुसार व्यवसायीले समेत विद्युतीय सवारी साधन आयातलाई प्रश्रय दिएको छ । प्राधिकरणले आफै काठमाडौं उपत्यका तथा राजधानीका विभिन्न स्थानमा ५० चार्जिङ स्टेशन निर्माण गर्ने गरी ग्लोबल टेन्डर गरिसकेको छ ।


क्लिकमान्डु