कोरोना प्रभावः नेपालको जीडीपी ०.१३ प्रतिशतले घट्ने प्रक्षेपण
काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव यतिबेला अर्थतन्त्रमा देखिएको छ । जसले गर्दा आर्थिक वृद्धिदरमा ह्रास आउने एसियाली विकास बैंकले प्रक्षेपन गरेको छ ।
यद्यपि यो प्रारम्भिक प्रक्षेपण हो ।
एडीबीले नेपाली अर्थतन्त्रको कुल ग्राहस्थ उत्पादनको ०.०४ प्रतिशतसम्म क्षति हुन सक्ने बताएको छ । कोरोना भाइरसका कारणले नेपालको जीडीपीमा ०.१३ प्रतिशतले क्षति हुने बैंकले अनुमान छ ।
एडीबीले कोरोना भाइरसको प्रभाव जति लामो समयसम्म रहन्छ त्यत्ति ठूलो आर्थिक क्षति हुने बताएको छ । उत्पादन र मागबीच सन्तुलन हुन नसक्दा यसले ठूलो आर्थिक क्षति पुर्याउने अनुमान गरिएको छ ।
विश्वव्यापी रुपमा पर्यटकको संख्यामा कमी, व्यापार व्यवसाय र उत्पादनमा आएको कमीले आर्थिक क्षति पुग्ने उल्लेख गरिएको छ । एडीबीका अनुसार हालसम्म कोरोना भाइरसका कारण १५६ अर्ब अमेरिकी डलर घाटा भइसकेको छ । यो विश्वको कुल ग्राहस्थ उत्पादनको ०.२ प्रतिशत हो ।
कोरोनाको असर सबैभन्दा बढी चीनमा हुने देखिएको छ । चीन एक्लैलाई मात्रै १०३ अर्ब अमेरिकी डलर क्षति हुने अनुमान गरिएको छ । यो चीनको कुल ग्राहस्थ उत्पादनको ०.८ प्रतिशत हो ।