होलीमा एनआइसी एशिया बैंकले शतप्रतिशत नगद फिर्ता गर्ने



काठमाडौं । एनआइसी एशिया बैंकले होली पर्वलाई लक्षित गरी यस बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूका लागि विशेष योजना अघि सारेको छ । यस योजना अन्तर्गत मोबाइल बैंकिङ प्रयोग गरी २०७६ फागुन २६ र २७ गते कारोबार गर्दा २०० जना भाग्यशाली ग्राहक महानुभावहरूले १०० प्रतिशत वा अधिकतम ५ हजार रुपैयाँसम्म नगद फिर्ता प्राप्त गर्न सक्नुहुनेछ ।

बैंकले ल्याएको निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा सुचारु गरी दैनिक मोबाइल रिचार्ज, विद्युतीय महसुल भुक्तानी, हवाई टिकट, होटल तथा रेष्टुरेन्टहरूमा छुट, विभिन्न अवसर तथा चाडपर्वका बेला बैंकले ल्याएका छुट अफरहरू आदिको उपयोग गरी ग्राहक महानुभावहरूले पर्याप्त फाइदा उठाउँदै आएका छन् ।

जसअनुसार बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गर्दा मासिक १५ हजार ४ सय रुपैयाँसम्म तथा डेबिट कार्ड प्रयोग गरी मासिक ६ हजार रुपैयाँसम्मको लाभ ग्राहकले लिइहेका छन् । डिजिटल फस्टको रणनीति अवलम्बन गरी डिजिटल बैंकिङ क्षेत्रमा अग्रणी बैंकका रुपमा स्थापित हुन सफल भएको बैंकको दाबी छ ।

मोबाइल बैंकिङ र डेबिट/क्रेडिट कार्ड प्रयोगमा अफरै अफर

प्रत्येक शुक्रबार बेलुकी ८ बजेदेखि शनिबार बिहान ८ बजेसम्म संचालित ह्याप्पी आवरमा मोबाइल बैंकिङ सेवा प्रयोग गरी ५ प्रतिशत वा १ सय रुपैयाँसम्म क्यास ब्याक, पहिलोपटक विजुलीको बिल भुक्तानी गर्दा ५ प्रतिशत वा १ हजार रुपैयाँसम्म छुट, प्रत्येक बुधबार केएफसी तथा पिज्जा हटमा १० प्रतिशत क्यास ब्याक गर्दै आएको छ ।

प्रत्येक बुधबार दराज डटकमबाट सामान खरिद गर्दा १० प्रतिशत वा रू. ५०० सम्म छुट, सोनी ब्राभिया टेलिभिजन खरिद गर्दा १० प्रतिशत वा २,००० रुपैयाँसम्म छुटलगायत विभिन्न अफरहरू बैंकले सञ्चालन गरिरहेको छ । यस बैैंकको मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी रिचार्ज गर्दा ३ प्रतिशत छुट पनि उपलब्ध छ ।

यसका अतिरिक्त बैैंकका ग्राहक महानुभावहरूले मोबाइल बैंकिङ्ग र डेबिट कार्ड प्रयोग गरी २ हजारभन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन् ।

बैंकले संचालन गरेको ‘जति धेरै कारोबार, त्यति धेरै उपहार’ योजना अन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग गरी अधिकतम कारोबार संख्या गर्ने ३ जना ग्राहकले प्रत्येक हप्ता जनही ५०० रुपैयाँ तथा मासिकरुपमा अधिकतम कारोबार संख्या गर्ने ३ जना ग्राहक महानुभावहरूले जनही १,००० रुपैयाँसम्मको नगद उपहार प्राप्त गर्दै आएका छन् ।

यस बैंकले संचालन गरेका ‘स्वीप मोर, सेभ मोर’, ‘भाट भटेनी क्यास ब्याक अफर,’ ‘भ्यालेनटाइन डे अफर,’ ‘वल्ड लिंक क्यास ब्याक अफर,’ ‘फुडमान्डु क्यास ब्याक अफर’ लगायतका विभिन्न अफरहरूमा ग्राहकको उत्साहजनक सहभागीता रहेको थियो ।

बैंकले मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४५२ एटिएम, १०७ वटा एक्स्टेन्सन काउण्टर एवं ५७ वटा शाखारहित बैंकिङ्गमार्फत करिब २१ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।


पुष्प दुलाल