पदबहाली गर्दै अर्थमन्त्री खतिवडाले भने- योद्धा हुँ, कमाण्डरले फिर्ता नबोलाएसम्म लडिरहन्छु



काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले पदभार ग्रहण गर्दै आफू विकास र सामाजिक न्यायको लडाकू भएकाले कमान्डरले फिर्ता नबोलाएसम्म युद्ध मैदान नछाड्ने बताएका छन् ।

‘योद्धा लडाँइमा त् यो बेलासम्म लडिरहन्छ, जुन बेला कमान्डरले फिर्ता बालाउँदैन वा युद्ध जितिँदैन, मेरो चाहना पनि त्यही हो,’ बुधबार पदविहाली गर्दै अर्थमन्त्री खतिवडाले भने ।

जबसम्म युद्ध जितिँदैन मुलुकको गरिबी, अभाव, रोग, भोक, शोक र अन्यायको विरुद्धमा लडिरहने भएकाले यसको कुनै समय सीमा नभएको उनले बताए ।

‘क्रमिकरुपमा अर्थव्यवस्थामा चुनौती थपिएका छन्, त्यसको पनि सामना गर्नुछ,’ उनले भने ।

विश्वमा फैलिएको कोरोना भाइरसले देशको अर्थव्यवस्थमा असर पार्ने तर अहिलेसम्म यति नै असर पार्छ भन्ने तथ्यगत आँकलन नभएको उनको भनाइ छ ।

‘नेपालको अर्थव्यवस्था आयातमूखि भएकाले आपूर्ति सेवा प्रबावित हुन सक्छ, त्यसतर्फ हामी सचेत हुनुपर्छ,’ उनले भने ।

राष्ट्रियसभामा २ वर्षे कार्यकाल सकिएकाले राजीनामा दिएको र प्रधानमन्त्रीले विश्वास गरेका कारण आज फेरि पुरानै भूमिकामा फर्किएको उनको भनाइ छ ।

यसरी भयाे अर्थमन्त्री खतिवडाकाे स्वागत


पुष्प दुलाल