कोरोना प्रभावितबाहेकका सबै देशमा एनओसी जारी गरिने (सूचीसहित)



काठमाडौं । शिक्षा मन्त्रालयले उच्च शिक्षाका लागि विदेश जाने विद्याथीहरुलाई कारोना प्रभावितबाहेकका सबै देशका लागि एनओसी दिने भएको छ ।

आइतबार मन्त्रिपरिषदको निर्णयमा कोरोनाको प्रभाव बढिरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश जाने विद्यार्थीलाई दिइने एनओसी रोक्न निर्देशन दिएका थिए ।

सोही अनुसार शिक्षा मन्त्रालयले कोरोना प्रभावित देशमा लागि एनओसी जारी नगर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार बुधबार हंगेरी, बंगलादेश, भुटान र साइप्रसलगायत कोरोना प्रभावित नभएका देशमा एनओसी जारी गरिने शिक्षामन्त्रालयको भनाइ छ ।

सरकारको उक्त निर्णय आएपछि पनि सोमबार मात्रै ६०६ जनाले एनओसी लिएका थिए । शाखा अधिकृत बमशेर राईका अनुसार यो चालु आर्थिक वर्षको एकै दिनमा जारी भएको एनओसीको संख्या सबैभन्दा बढी हो ।

जसमा सोमबार मात्रै जापानका लागि ४६५ जनाले एनओसी लिए भने अष्ट्रेलियाका लागि ५६ जना, बेलायतका लागि १६ जना, न्यूजिल्याण्डका लागि १४ जना र साइप्रसका लागि १२ जनाले एनओसी लिएका थिए ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको सूची अनुसार एनओसी दिने वा नदिने निर्णय हुने शिक्षा मन्त्रालयले जनाएको छ । विश्व स्वास्थ्य संगठनले हालसम्म नेपाललगायत ८० वटा देशमा कोरोना प्रभावित भएको जनाएको छ ।

शिक्षा मन्त्रालय छात्रवृत्ति शाखाले एक सूचना टाँसी कोरोना प्रभावित बाहेकका देशमा मात्रै एनओसी दिइने उल्लेख गरेको छ ।

 


क्लिकमान्डु