
काठमाडौं । सप्तकोशी सिमेन्टको व्यापार २७ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा २७ प्रतिशतले बढेको हो ।
कम्पनीले सन् २०२४ मा १ अर्ब ३३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२५ मा १ अर्ब ६९ करोड ४० लाख रुपैयाँको व्यापार थरेको छ । कम्पनीले सन् २०२३ मा २ अर्ब ३५ करोड रुपैयाँको व्यापार गरेको थियो ।
सप्तकोशी सिमेन्टको गत आर्थिक वर्षमा सिमेन्ट बिक्री बढ्दा व्यापार सकारात्मक रहेको रेटिङमा उल्लेख छ । कम्पनीले गत आवमा १ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । सन् २०२४ मा ९० लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
सन् १९९६ मा स्थापना भएको कम्पनी सन् २०२४ को सेप्टेम्बरमा पब्लिक कम्पनीमा परिणत भएको थियो । सप्तकोशीले दैनिक ६ सय टन ओपीसी सिमेन्ट उत्पादन गरी व्यापार गर्दै आएको छ । कम्पनीको आफ्नै क्लिङ्कर उद्योग भने छैन । जसले गर्दा कम्पनीले अन्य क्लिङ्कर उद्योगबाट खरिद गरी आपूर्ति गर्दै आएको छ ।
एचआर गोयल ग्रुपद्वारा सञ्चालित कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६७ करोड २३ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ६ करोड ४३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६० करोड ८० लाख रुपैयाँको रेटिङ गराएको हो ।










प्रतिक्रिया