कोरोना प्रभावित देशलाई विश्व बैंकले १४ खर्ब सहयोग गर्ने



काठमाडौं । कारोना प्रभावित ६० भन्दा बढी देशका लागि विश्व बैंकले १४ खर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । विश्व बैंकले प्रारम्भिक सहयोग वापत तत्कालका लागि सहयोगका लागि उक्त रकम दिने घोषणा गरेको हो ।

संकटको घडीमा जुधिरहेका देशहरुले आफ्ना जनताको स्वास्थ्य सुधार गर्न सकुन भन्ने ध्येयले विश्व बैंकले त्यस्तो निर्णय गरेको जनाएको छ ।

कोरोनाका कारण विश्व अर्थतन्त्र नै समस्यामा पर्ने जोखिम बढिरहेका बेला विश्व बैंकको हालसम्म कै ठूलो प्याकेज घोषणा भएको हो ।

विश्व बैंकका अध्यक्ष डेभिड मालपासले आफुहरुले सहयोग गर्नका लागि छिटो र छरितो रुपमा काम गरिरहेको बताउँदै विश्वबैंकले सक्दो सहयोग गर्ने बाचा गरे । विश्व बैंकले दिने सहयोग आईडीएबाट सस्तो ब्याजदरमा उपलब्ध गराइनेछ ।

चीनबाट फैलिएको कोरोना हालसम्म विश्वका ८० वटा देशमा फैलिइसकेको छ । हालसम्म भाइरसबाट ९० हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने हालसम्म ३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।a


क्लिकमान्डु