अर्थमन्त्रीमा पुनः डा युवराज खतिवडा नियुक्त



काठमाडौं । मंगलबार अर्थमन्त्री तथा संचारमन्त्रीबाट राजीनामा दिएका डा युवराज खतिवडा पुनः त्यही पदमा नियुक्त भएका छन् ।

राष्ट्रपति कार्यालयले  विज्ञप्तीमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७८ को उपधारा १ बमोजिम मन्त्री पदमा नियुक्त गरिएको छ । प्रधानमन्त्रीले खतिवडालाई अर्थ र संचारमन्त्रालयको जिम्मेवारी दिएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई बुधबार नै पद तथा गोपनियताको सपथ खुवाउने छिन् । त्यसपछि उनी मन्त्रालयमा कार्यभार समाल्न जाने छन् ।

संविधान अनुसार उनी ६ महिनाभित्रमा संघीय सांसद्को सदस्य बन्नुपर्ने छ ।


क्लिकमान्डु