पाँच वटा देशबाट आउने यात्रुलाई अन अराइभल भिसामा रोक लगाउने सरकारको निर्णय



काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै अध्यागमन विभागले ५ वटा देशबाट आउने नागरिकको अन अराइभल भिसामा अस्थायी रुपमा रोक लगाएको छ ।

विभागले सोमबार कोरोनाबाट बढी प्रभावित भनिएका ५ वटा देशबाट आउने नागरिकले पाउने अन अराइभल भिसा मार्च १० तारिखदेखि लागू हुने गरी तत्कालका लागि रोक लगाउने निर्णय गरेको हो ।

साथै विभागले नेपालका राजदूतावास रहेको देशमा परराष्ट्र मन्त्रालयमार्फत् समेत पत्राचार गरिसकेको छ ।

विभागका अनुसार चीन, इरान, इटली, दक्षिण कोरिया र जापानबाट आउने यात्रुलाई मार्च १० गते अर्को सूचना नआएसम्म अन अराइभल भिसामा रोक लगाउने निर्णय गरेको हो ।

विभागले ती देशबाट नेपाल आउन चाहेमा नेपाल नियोगमार्फत भिसा लिएर आउन सक्ने समेत उल्लेख गरिएको छ । यसका लागि यात्रुले हालसालै स्वास्थ्य परीक्षण गरिएको सर्टिफिकेट समेत पेश गर्नुपर्नेछ ।


क्लिकमान्डु