प्रहरीलाई सम्राट सिमेन्टको साथः ६ कोठे पक्की भवन हस्तान्तरण



काठमाडौं । दाङको सम्राट सिमेन्ट प्रालिले ६ कोठे पक्की भवन निर्माण सकेर प्रहरीलाई हस्तान्तरण गरेको छ ।

कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘सभ्य समाज, सुरक्षित समाज’ भन्ने नाराका साथ निर्माण गरेको भवन प्रहरीलाई हस्तान्तरण गरेको हो ।

लमही नगरपालिका ७ स्थित उक्त सिमेन्ट कम्पनीले निर्माण गरेको भवनको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले उद्घाटन गरे ।

उद्घाटनसँगै एपेक्स ग्रुप अफ कम्पनीका अध्यक्ष एवम् सम्राट सिमेन्टका अध्यक्ष मुकुन्द प्रसाद तिमल्सिनाले दाङका प्रहरी प्रमुख जनक भट्टराई उक्त भवनको चाबी हस्तान्तरण गरे ।


पुष्प दुलाल