किष्टका तत्कालिन प्रवन्ध निर्देशक कमल ज्ञवालीलाई ४ वर्ष जेलको फैसला सर्बोच्चद्धारा सदर



काठमाडौं । सर्बोच्च अदालतले किष्ट बैंकका तत्कालिन प्रवन्ध निर्देशक कमलप्रसाद ज्ञवालीलाई तत्कालिन पुनरावेदन अदालत पाटनले सुनाएको फैसला सदर गरेको छ ।

किष्ट बैंकका तत्कालिन प्रवन्ध संचालक कमल ज्ञवाली पक्राउ

पुनरावेदन अदालत हालको उच्च अदालत पाटनले ज्ञवाली विरुद्ध जम्को प्रकाशनलाई ऋण दिएको आरोपमा बैंकिङ कसुरको मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि ज्ञवाली फरार थिए ।

उनी पुनरावेदन अदालतमा सुनुवाईको क्रममा समेत उपस्थित भएका थिएनन् । पुनरावेदन अदालतले ज्ञवालीलाई ४ वर्षको जेल सजाय सुनाएको थियो । उनी फरार अभियुक्तको रुपमा रहेका थिए ।

घरजग्गा र सेयरले डुबेका कमल ज्ञवालीको कथा

प्रहरीले गतवर्ष असोजमा ज्ञवालीलाई भारतबाट पक्राउ गरेर ल्याएको थियो । त्यसपछि उनले उच्च अदालत र जिल्ला अदालत काठमाडौं विरुद्द सर्बोच्चमा मुद्दा दायर गरेका थिए । उनले आफुलाई मुद्दाको बारेमा जानकारी नदिएको र बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए ।

किष्ट बैंकको करोडौं ठगरेर फरार भएका कमल ज्ञवाली कहाँ छन् ?

सर्बोच्च अदालतले ज्ञवालीको माग अनुसार मुद्दाको सुनुवाई गरेपनि अन्तिममा उच्च अदालतको निर्णयलाई सदर गरेको छ ।

सर्बोच्च अदालतका न्यायधीशहरु दीपककुमार कार्की,पुरुषोत्तम भण्डारी र हरिप्रसाद फुयालको सयुक्त इजलाशले गत बिहीबार उच्च अदालतको निर्णय सदर गरेको हो ।


क्लिकमान्डु