किष्ट बैंकका तत्कालिन प्रवन्ध संचालक कमल ज्ञवाली पक्राउ



काठमाडौं । किष्ट बैंकका तत्कालिन प्रवन्ध संचालक कमलप्रसाद ज्ञवाली पक्राउ परेका छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाले भारतमा लुकेर बसेका उनलाई पक्राउ गरेर काठमाडौं ल्याएको हो।

जम्को प्रकाशनको नाममा सिदार्थ डेभलपमेन्ट बैंकबाट १२ करोड कर्जा लिएर अनियमिता गरेको आरोप पुनरावेदन अदालत पाटनले दोषी ठहर गरेको थियो । किष्ट बैंकको कर्जाको विषयमा समेत उनले केही अनियमिता गरेका थिए ।

बैकिङ कसुरको आरोप लागेपछि ज्ञवाली फरार थिए । उनलाई पुनरावेदन अदालत पाटनले ३ वर्ष कैदको फैसला गरेको थियो । सातवर्षपछि ज्ञवाली पक्राउ परेका हुन् ।

ज्ञवालीको पहलमा स्थापना भएको किष्ट बैंक उनी बैकिङ कसुरमा परेपछि निकै ठूलो समस्यामा परेको थियो । तत्कालिन प्रभु विकास बैंकले किष्टलाई मर्ज गरेर प्रभु बैंक बनाएको थियो ।


क्लिकमान्डु