लिबर्टी इनर्जीलाई आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति



काठमाडौं । लिबर्टी इनर्जीलाई साधारण सेयर(आइपीओ) निष्कासन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले लमजुङको दोर्दी खोलामा २५ मेगावाटको जलविद्युत् आयोजना निर्माण गरेको छ ।

कम्पनीले ३७ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने छ । जसमा आयोजना प्रभावितको लागि १५ लाख कित्ता र २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणको लागि जारी गर्ने छ ।

आइपीओ निकाल्न लागेको लिबर्टीको माथिल्लो दोर्दी ‘ए’को विजुली बैशाखमा बल्ने

यसको निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ । कम्पनीले निर्माण गरेको जलविद्युत् आयोजनाको विजुली बैशाखमा बल्ने छ ।
आयोजनाको अधिकांश निर्माण सकिएको छ । यस्तै बाँधस्थल तथा विद्युत् गृहमा केही मात्रै काम बाँकी रहेको छ ।

त्यस्तै उत्पादित विद्युत् जोडनका लागि प्रसारण लाइन तथा सवस्टेशनको समस्या नभएपनि नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको प्रसारण लाइनको काम सकिए वैशाखभित्रै आयोजना प्रणालीमा जोडिनेछ ।

नेपाल विद्युत प्राधिकरणले आयोजन नजिकै १३२र२२० केभी क्षमताको सवस्टेशन निर्माण गरिरहेको छ । सवस्टशेनको काम समेत अन्तिम चरणमा पुगेको छ । प्रसारणलाइनको काम पनि ६० प्रतिशत जति सकिएको प्राधिकरणले जनाएको छ ।


क्लिकमान्डु