बैंकहरुले सीएसआरमा सहयोग नगरेपछि नाफाको १ प्रतिशत अनिवार्य गरेको हुँः गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो नाफाको १ प्रतिशत रकम कर्पोरेट सोसल रेस्पोन्सबिलिटी (सीएसआर) मा खर्च गर्नुपर्ने नीतिगत व्यवस्था गरे । जसकारण अहिले विभिन्न सामाािजक काममा बैंकहरुले ठूलो योगदान पुर्याइरहेका छन् ।

बैंकले सीएसआरमा खर्च गर्न थालेपछि अर्थमन्त्रालयमा स-साना बजेट माग्न आउनेहरुको लाइन हटेको गभर्नर डा. नेपाल बताउँछन् ।

‘अहिलेको यो सीएसआरको काम योजना आयोगको २ नम्बरको किताब हुन्थ्यो, त्यो किताबमा सीएसआर अन्तर्गत स्कुलको छाना भत्किएको, बाटो खन्ने काम, मन्दिर बनाउन माग्न जानेको लाइन लागेको हुन्थ्यो अर्थ मन्त्रालय र योजना आयोगमा, त्यो बेलामा अर्थ मन्त्रालयको प्रमुख सल्लाहकारको रुपमा त्यहाँ कार्यरत थिएँ, माग्न आउनेहरुले ५० हजार स्कुलको छाना बनाउन, १ लाख बाटो खन्न, २ लाख मन्दिर बनाउन वा स्वास्थ्य चौकी बनाउन भनेर माग्ने गथ्र्यो, अहिले त्यस्तो २ नम्बरको योजना छैन,’ गभर्नर डा. नेपालले भने, ‘अहिले त्यो काम बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो नाफाको १ प्रतिशतबाट खर्च गर्ने सीएसआर अन्तर्गतबाट भएको छ ।’

यसरी भएको थियो सीएसआरको शुरुवात

गभर्नर डा. नेपालका अनुसार ०७२ बैशाख ११ गतेको शक्तिशाली भुकम्पले ठूलो क्षति गरेको थियो । यस्तो बेलामा कसरी समाजलाई सहयोग गर्ने भन्ने चिन्ता उनको मनमा भइरह्यो ।

त्यही बेला बंगलादेशका पूर्वगभर्नर अतुलले इमेल लेख्दै गभर्नर डा. नेपाललाई भनेका थिए, ‘हाम्रो देशमा ११ सय जना जलेर मर्दा बैंक तथा वित्तीय क्षेत्रबाट ढेड अर्ब रुपैयाँ उठाएर सरकारलाई दिएका थियौँ । तपाईंहरुकोमा पनि यति धेरै बैंक वित्तीय संस्थाहरु छन्, अझ धेरै नै दिनुभएको होला भन्ने विश्वास लिएको छु ।’

त्यतिबेलाको अवस्था स्मरण गर्दै गभर्नर नेपाल भन्छन्- ‘त्यो चिठ्ठी मैले सीइओ साप र अध्यक्षज्यूहरुको मिटिङमा राष्ट्र बैंकको तर्फबाट देखाएँ । त्यसपछि मैले उहाँहरुलाई यत्रो भुइँचालो गएको बेलामा तपाईहरुले पनि आफ्नो तफबाट सहयोग गरिदिनु पर्यो भने ।’

गभर्नरका अनुसार चिठ्ठी पढेर सुनाई सकेपछि बैंकहरुबाट पैसा सहयोग गर्ने क्रम शुरु भयो । तर कुनै वाणिज्य बैंकले त १ पैसा पनि सहयोग गरेनन् । नेपालमा त्यो समय करिब ३ सयको हाराहारीमा बैंक तथा वित्तीय संस्थाहरु थिए । त्यसबेला सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट करिब १२÷१३ करोड रुपैयाँमात्र भुकम्प पीडितलाई सहयोग वापत रकम संकलन भयो ।

‘त्यो देखेर मलाई साह्रै नमज्जा लाग्यो, अनि के गर्ने त भनेर सोच विचार गर्दा मौद्रिक नीतिमा नाफाको १ प्रतिशत बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक दायित्व (सीएसआर)मा खर्च गर्नुपर्ने भनेर तोकिदिएपछि त्यसरी सीएसआर शुरु भएको हो,’ उनले भने ।

बीओकेले केही दिनअघि सीएसआर कार्यक्रममा राखेको मन्तव्य

मेरो मित्र डा. भगवान कोइरालाज्यु, उहाँसँग मेरो फोनमा मात्र कुरा भएको छ । मैले म्यासेज पठाए र यो कुरा फोनमा गरे । उहाँले मेरो यो प्लान छ, यसलाई अझै राम्रो बनाउनको लागि बैंक अफ काठमाण्डूबाट शुरु गर्दा के होला भन्नुभयो । र, मैले तपाईको कुरा भएको छ भनेर सोध्दा, उहाँले मेरो एक पटक कुरा भएको छ त्यसपछि कुरा भएको छैन भन्नुभयो । त्यसपछि अध्यक्षज्यूसँग कुराभयो ।

एकदमै राम्रो काम गर्न लाग्नुभएको छ ल सहयोग गर्ने भनेपछि यो स्वरुप देखियो । यो स्वरुपमा सीएसआरको कन्सेप्टलाई एउटा अत्यन्त राम्रो काम भगवानजीले एउटा संस्था काठमाण्डू इनच्युटुड अफ च्यारिटी खोल्नु भएको छ । जुन गैरनाफा मुलक संस्था हो । बैंक अफ काठमाण्डूले पनि यसलाई एक कदम अगाडि बढेर सहयोग गरेको छ । जसले गर्दा अरु बैंक तथा वित्तीय संस्थाहरुले पनि भगवानजी तपाई चाहेको सोचेको भन्दा बढी नै सहयोग गर्नेछन् । सुरुमा थाहा नभएर हो थाहा पाइसके पछि त सहयोग गर्छु भन्दा आफै आउाछन् ।

यस्तो संस्थाले बैंक तथा वित्तीय संस्थाले सहयोग गर्नु पर्छ, जसले गर्दा संस्थाको माध्यमबाट देशमा रहेका १८ वर्षमुनिका अस्वस्थ्य बालबालिकालाई सहयोग गर्न मद्दत पुग्छ । देश विकासको लागि ती बालबालिकाहरु स्वस्थ्य हुन आवश्यक हुन्छ । ती बालबालिकालाई स्वस्थ्य राखेर अगाडि बढ्न खोज्ने संस्थालाई सहयोग गर्न पाउँदा त बैंक वित्तीय संस्था खुसी हुनुपर्ने हो । मैले आसा गरेको छु, सहयोग गर्ने सबै खुसी हुनुन्छ ।

यसमा आवद्ध नभएका बैंक वित्तीय संस्थाले पनि चाँडै आवद्धता जनाउनु हुन्छ भन्ने विस्वास मेरो छ र नेपाल राष्ट्र बैंकबाट तपाईलाई आवश्यक पर्ने सबै सहयोग गर्न म तयार छु । कसैले राम्रो काम गर्छ भने बैंक तथा वित्तीय संस्थाले पुर्णरुपमा त्यसमा सहयोग गर्छ । दार्चुलामा एक जना वडा अध्यक्षले मेरो स्कुलको छाना नै बनाउन सकिएको छैन् भने पछि मैले एक दुइ वटा बैंकहरुलाई भनेको थिए ।

उनीहरुले सीएसअर अन्तरगर्त बनाइदिए छन् । त्यो क्षेत्रका मानिस ती बैंकहरुसँग धेरै खुसी भए । बैंकले सीएसआर अन्तगर्त खर्च गरेको ५० हजार त्यो विकट ठाँउको लागी ५० लाख रुपैयाँ सबित हुन्छ । त्यसैले बैक वित्तीय संस्थाले सीएसआर अन्तरगर्त आवश्यकता हेरी उचित ठाँउमा सहयोग गनुपर्छ ।


पुष्प दुलाल