अर्थमन्त्री खतिवडा र बैंकका सीइओहरुको छलफलमा के के भयो ? हेर्नुहोस् २३ बुँदा



काठमाडौं । विभिन्न समस्याका कारण बैंकिङ क्षेत्रले प्रगति गर्न नसकेको तथ्यांक आएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार सबै वाणिज्य बैंकका सीइओहरुलाई अर्थमन्त्रालय बोलाए ।

राष्ट्र बैंक र अर्थ मन्त्रालयले एकैपटक धेरैवटा नियम कानूनहरु लगाएका कारण बैंकिङ क्षेत्र सुस्ताएको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणले त्यसको प्रष्ट संकेत गर्छ ।

सोमबार बिहान साढे ११ बजेदेखि अर्थ मन्त्रालयमा अर्थमन्त्री, अर्थसचिव, दुबैजना डेपुटी गभर्नर, सामाजिक सुरक्षा कोषका हाकिम र सबै वाणिज्य बैंकका सीइओहरु उपस्थित थिए ।

३ घन्टा छलफल गरेर अर्थमन्त्रीले बैंकर्स खुसी पारे, स्प्रेडको गणनाविधि परिवर्तन गर्न निर्देशन

२७ वटा वाणिज्य बैंकमध्ये ३/४ वटाका डेपुटी सीइओ थिए भने अरु सबैका सीइओ नै उपस्थित थिए । सोमबारको कार्यक्रममा उपस्थित सबै सीइओ तथा डेपुटी सीइओहरुले सरकारको कुन नीतिले बैंकिङ क्षेत्रमा कस्तो असर पारेको छ भनेर बेलिबिस्तार लगाए ।

अर्थमन्त्रीले बैंकरहरुलाई ‘के कस्ता समस्याहरु छन् आज दिल खोलेर भन्नुहोस्, सरकार समस्याको समाधान गर्न तयार छ,’ भनेर वातावरण धेरै सजिलो बनाइदिए ।
किनभने प्रायजसो खतिवडामा अरुका कुरा सुन्नेभन्दा आफ्ना कुरा लाद्ने प्रवृत्ति थियो । उनको नीतिको विरुद्धमा बोल्दा व्यक्तिगत इगो साँध्ने खतिवडाको इतिहासका कारण उनका सामू उद्योगी, व्यवसायी, बैंकर सबैजना बोल्न डराउँथे ।

बैंकलाई ब्रोकर लाइसेन्सको विपक्षमा अर्थमन्त्री, ब्रोकरका पछि नलागी ‘कोर’ काम गर्न निर्देशन

तर, अर्थमन्त्री खतिवडाले नै आजको छलफलमा दिल खोलेर भन्नुहोस् भनेपछि बैंकरहरु निकै उत्साही भए । र, आफूहरुले भोगेका समस्या खुलेर भन्न सके ।

अर्थमन्त्री र बैंकरहरुबीच २३ वटा विषयमा ३ घन्टा छलफल भयो । बैंकरका मागमा अर्थमन्त्री असाध्यै सकरात्मक भए ।

छलफलमा कुन विषयमा बैंकरले के भने ? र, अर्थमन्त्रीले के भने ? हेर्नुहोस् २३ बुँदामा


पुष्प दुलाल